१५फागुन,हेटौंडा। वालमैत्री शासन कार्यान्वयनको चरणमा रहेको हेटौंडा उपमहानगरपालिकाको दुई वडामा सहजकर्ताले वालविबाह रोकेका छन् ।
२०८० मंसिर सम्म वालमैत्री नगर घोषणाका लागि उपमहनगरले नियूक्त गरेको वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सक्रृयतामा हेटौंडा उपमहानगरको १४ र १७ नम्बर वडामा वालविवाह रोकिएको हो ।दुबै वडामा फागुन १० गते हुन लागेको बिवाह रोकिएको बताईएको छ ।
गाउँमा १८ बर्ष भन्दा मुनिका वालवालिकाको बिवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्ननका लागि नभिल्ने भनि जानकारी गराउँदै वालविवाह रोकिएको उपमहानगरका महिला तथा वालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।
नगरलाई वालमैत्री घोषणाको तयारीमा रहदा महाशाखाबाटै वडा र बिद्यालयहरुमा सचेतनाका कार्यक्रम सञ्चालनका क्रममा जाँदा वालबिवाह हुँदै गरेका जानकारी पाएपछि वडा सहजकर्ता र वडा कार्यालयले तोकेको सम्पर्क व्यक्तीलाई परिचालन गरेर बिवाह रोक्ने कार्य भएको उनले बताइन् । उनका अनुसार यस अघि हेटौंडा उपमहानगरपालिका १९ मा वडाकार्यालय र जनप्रतिनिधीहरुको सक्रियतामा वालविबाह रोकिएको थियो ।वालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा बिभिन्न होटल तथा व्यवसायीक क्षेत्रमा प्रयोग भएका ७ जना वालबालिकालाई पुर्न स्थापनाको काम गरेको महशाखाले जनाएको छ । अहिले यसै क्षेत्रका भन्दा पनि बाह्य जिल्लाबाट आएर हेटौंडाका बिभिन्न होटल तथा अन्य क्षेत्रका कामगर्ने वालवालिकाहरु रहेको बताइएको छ । बाह्य जिल्लाबाट आएर काममा रहेका ३ जना वालबालिकालाई सस्थागत रुपमा पुर्नस्थापनाको काम भएको र ति मध्य एक जना हेटौंडामै परिवारबाट छुटाएर राखिएको महाशाखाले जनाएको छ ।
केहीलाई पारीवारीक रुपमा पुर्न स्थापनाको काम गरीएको छ । पारीवारीक रुपमा वालबालिकाको ख्याल पुर्ण रुपमा नगर्ने, बाबु आमा अव्यवस्थित ढंगबाट सडकमा नै रहने गरेकाले बच्चाको स्वास्थ्य अवस्था र लालनपालनलाई ख्याल गर्दै सस्गागत रुपमा पुर्नस्थापनाको काम गरिएको हो।बिभिन्न समस्यामा परेको वालबालिकाको पुर्नस्थापना र व्यवस्थापनका लागि बालकोष स्थापना गरेका काम थालिएको महशाखाले जनाएको छ ।
सरकारले २०८७ सम्म राष्ट्रलाई पुर्ण बालमैत्री घोषणाको तयारी गरे अनुसार हेटौंडा उपमहानगरले १ नगर र १९ वडा सहजकर्ता तथा ३० तथ्याङ संकलक गरी ५० जनालाई नियुक्ती दिए २०८० मंसिर सम्म पालिकालाई बालमैत्री घोषणा गर्ने तयारी थालेको छ । यसअघि मकवानपुरका १० पालिका मध्य मनहरी, बकैया र मकवानपुर गढी गाउँपालिका वालमैत्री पालिका घोषणा भैसकेका छन् । बालमैत्री पालिका घोषणाका लागि वडा तथा तथ्याङक संकलकले ५१ वटा सुचकमा आधारीत भएर काम गर्ने बताइएको छ।
७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...
७ चैत्र, हेटौडा । हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...
७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...
७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...
७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...
७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...
७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...
७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...
७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...
२ चैत, हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला...
२६ फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई...
१ चैत,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ। बकैया गाउँपालिका वडा...
२८ फागुन,हेटौंडा । किताब अध्ययनका पारखिहरुले अब अध्ययनको मज्जा लिन अन्त जान नपर्ने भएको छ। पारखिहरुले...
१ चैत, हेटौंडा । कान्तिलोकपथ स्थित हेटौंडा उप महानगरपालिका वडा नम्बर ५ र ७ को सिमाना नागदह नजिकै बुधबार विहान...
२४ फागुन,हेटौंडा। बुधबार बिहान हेटौडा-१७ कठायत चोकमा भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा गम्भीर घाइते स्कुटर...
१ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-११ थानाभर्याङमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।...
२४ फागुन,हेटौंडा। हेटौडा-१७ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। बुधबार बिहान धरान चतरा सडक खण्ड...
२९ फागुन,हेटौंडा । हेटौंडामा चालु आर्थिक बर्षमा ८ महिनामा भवन निर्माणको दर ओरालो लागेको देखिएको छ।अघिल्लो...