खेलकुद

११ नम्वर वडा टोल विकास संस्था स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

Volleyball-1-1523459000.jpg

२८ चैत, हेटौडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ र हेटौंडा ११ नम्वर वडाको संयुक्त आयोजनामा  वडा टोल विकास संस्था स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारबाट हेटौँडा ११ नवलपुरमा  शुरु भएको छ ।  

बुधबार भएको उद्घाटन  खेलमा आयोजक नव यूवा क्लब, कृष्णमन्दिर टोल विकास संस्था  र तल्लो ताल टोल विकास संस्था विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा आयोजकले दुम्सीडाँडा टोल विकास संस्था ‘ए’ लाई १७–२५, २५–१२ र १५–६ को सेटले पराजित गरेको थियो । यसैगरी दोस्रो खेलमा कृष्णमन्दिरले डाङडाङुलाई २५–१२ र २५–१३ को सोझो सेटमा पराजित गरेको थियो । बुधबारनै भएको तेस्रो खेलमा सडकटोल टोल विकास संस्थालाई तल्लो तालले २५–२२, २०–२५ र १५–९ को सेटले पराजित गर्न सफल भयो ।  हेटौंडा उपमहानगरपालिका ११ नम्वर वडाका अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका पूर्व अध्यक्ष रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा ११ नवर वडाका सदस्य जुना दहाल, गिता सुनार, त्रिभुवन उच्च माविका प्रधानाध्यापक केदारप्रसाद विडारी, टोल विकास संस्था नगर समन्वय समितिका सदस्य लक्ष्मी पौडेल, हेटौंडा ११ नेकपा एमालेका अध्यक्ष कृष्णप्रसाद उप्रेती, नेकपा माओवादी केन्द्रका अध्यक्ष देवनारायण चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।

३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा हेटौंडा ११ मा रहेका आठवटा टोल विकास संस्थाले सहभागिता जनाएको टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठले जानकारी दिए


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
चौघडामा कालोपत्रे उक्किएपछि बालुवा छरियो
Sadak1-1532084351.jpg

४ साउन, हेटौँडा । कालोपत्रे गरेको भोलिपल्टै उक्किएको गुनासो आएको हेटौँडा–६ स्थित चौघडा रंगशाला सडकमा निर्माण...

प्रदेश ३ को बैठक अर्को सूचना भएसम्म स्थगित
Pradesh-Sava-1532065137.JPG

४ साउन, हेटौँडा । प्रदेश सभा ३ को शुक्रबारको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । शुक्रबार...

फरार अभियुक्त पक्राउ, ट्याक्टर र टिपर नियन्त्रणमा
FB_IMG_1532014936600-1-1532015542.jpg

 ३ साउन,हेटौडा ।मकवानपुर प्रहरीले जिउ मास्ने र बेच्ने २ वटा  मुद्दामा    फरार अभियुक्त १ जनालाई पक्राउ गरेको...

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित
Samsad-1531999300.jpg

३ साउन, हेटौँडा । नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले...

कांग्रेस मकवानपुरले गर्यो आन्दोलन चर्काउने निर्णय
Congress-1531913187.jpg

२ साउन, हेटौँडा । नेपाल कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध...

हेटौडा बजार क्षेत्रबाट सुमो काउण्टर हटाउन १५ दिने सुचना
DiTYIC_VQAEV0sB-1-1531839020.jpg

१ साउन,हेटौडा । हेटौडा बजार क्षेत्र भित्र रहेका सुमो काउण्टर   व्यवस्थित हुने भएको छ। हेटौँडा   बजार क्षेत्रमा...

ढोका नखोलेको भन्दै कुटेर पत्नीको हत्या
Voilence1-1531800303.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा छिमेकीको घरमा भएको पास्नी भोज खाएर राति अबेर घर फर्किएका पतिले सुतिरहेकी पत्नीको...

ब्रेक फेल भएर खोलामा खस्यो ट्रयाक्टर, एकको मृत्यु
Accident-1531799063.jpg

सोलुखुम्बु, १ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक...

विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियालाई स्वागत
France-1531797366.jpg

१ साउन, हेटौँडा । विश्वकप विजेता फ्रेन्च र उपबिजेता क्रोएसियाली फुटबल टोलीलाई उनीहरुको देशमा भव्य स्वागत गरिएको...

थप समाचार