१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने भएको छ ।
पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम अघि बढाउने जनाइएको हो । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यस्ता छन् कैलाश गाउँपालिकाको नीति तथा कार्यक्रमका केही बुँदाहरू
कृषि
- आगामी बर्षभित्र कम्तिमा २ वटा दुग्ध सहकारी स्थापना गरि दुग्ध संकलन तथा पशुपालन व्यवसायलाई अभिबृद्धी
-पशु रोग हटाऔं, पशु उत्पादन बढाऔं कार्यक्रममार्फत पशुमा लाग्ने खोरेत, पिपिआर र रेबिज रोग उन्मुलन गर्न निःशुल्क खोप अभियान संचालन गरिने
उद्योग
- जडिबुटी प्रशोधन गर्ने उद्योग स्थापना गर्न गरिने
- स्थानीय जडिबुटी तथा कच्चा पदार्थमा आधारित उद्योग खोल्ने लगानीकर्तालाई अनुदानको र पालिकाभित्र स्थापना हुने उद्योगका लागि ३ बर्षसम्म करमा छुटका साथै विद्युत र पानी महसुलमा अनुदान दिइने
पर्यटन
- प्रजातान्त्रिक सेनानी स्वर्गीय सूर्यबहादुर डिम्डुङको स्मृतिमा शान्ति बाटिका निर्माण गरिने
- साहसिक पर्यटन, ट्रेकिङ रूट, सुविधासम्पन्न होमस्टे, स्थानीय संस्कृतिको सम्बर्द्धन र संरक्षण गर्न संग्राहलय निर्माण गरि पर्यटकीय गन्तव्यको निर्माण गर्ने
- कैलाश बैकुण्ठ जोड्ने जिपलाइन तथा गुप्तेश्वरी गुफा धार्मिक क्षेत्रको डिपिआर निर्माण गरि संघ र प्रदेश सरकारमार्फत आवश्यक बजेटका लागि पहल गरिने
सहकारी
- सहकारी पसल स्थापना गरि सस्तो, सुलभ मूल्यमा खाद्य सामग्री विक्रि वितरणको व्यवस्था गरिने
- पालिकाभित्र क वा ख बर्गका वित्तीय संस्था स्थापनाका लागि पहल गरिने
सामाजिक क्षेत्र
- चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि, पाइलट लगायतका प्राविधिक शिक्षा पढ्न भर्ना भएका विद्यार्थीहरूलाई प्रोत्साहन छात्रबृत्ति प्रदान गरिने
- एसईई दिई बसेका सम्पूर्ण विद्यार्थीहरूलाई पालिकाभित्र निःशुल्क आधारभूत कम्प्युटर तालिमको व्यवस्था
- सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक विद्यालयको स्थापना र संचालन गर्ने
स्वास्थ्य
- एमबिबिएस डाक्टर र अल्ट्रासाउन्ड सुविधासहितको कैलाश अस्पताल यसै आर्थिक बर्षभित्र संचालनमा ल्याइने
- अति विपन्न मिर्गौला रोगीहरूका लागि नि:शुल्क डायलासिस सुविधा दिइनेछ
- न्यून आय भएका ५ सय घर परिवारलाई नि:शुल्क स्वास्थ्य विमा गरिने
- स्वस्थ आमा, स्वस्थ शिशु कार्यक्रम अन्तरगत गर्भवती तथा सुत्केरी महिलाहरूको स्वास्थ्य समस्या समाधानका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिइने
- महिलाहरूको लागि स्तन, पाठेघरसम्बन्धी क्यान्सर र आङ खस्ने सम्बन्धी रोगको शिविर संचालन गरिने
खानेपानी तथा सरसफाइ
- 'स्वच्छ र सुन्दर गाउँघर स्वस्थ जीवनको आधार' लाई मूर्त रूप दिन गाउँपालिकाभरका टोल बस्तीहरूमा खानेपानीको प्रवन्ध गरिने
- मुहानदेखि मुखसम्म सुरक्षित पानी स्वस्थ जिन्दगानी भन्ने अभियानलाई जनजनमा पुर्याई हरेक क्षेत्रमा सरसफाइ कार्यक्रम अगाडि बढाइने, एक घर धारा अभियानलाई कार्यान्वयन गर्दै लगिने
संस्कृति प्रवर्द्धन
- भाषा, कला, लोक संगित, संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि विशेष कार्यक्रम संचालन गरिने
लैंगिक समानता, सामाजिक न्याय तथा समावेशीकरण
- विपन्नसंग अध्यक्ष कार्यक्रम अन्तरगत विपन्न, दलित, सिमान्तकृत बर्गका आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका घर परिवारलाई स्वास्थ्य उपचार, उच्च शिक्षा अध्ययन र लघु व्यवसायका लागि अनुदानसहित सहयोग गरिने
- चेली प्रोत्साहन कार्यक्रम अन्तरगत गाउँपालिका क्षेत्र भित्रका कम्तिमा १०+२ पास गरि २० बर्ष वा सो भन्दा माथि उमेर पुगि विवाह गर्ने चेलीलाई सम्मान तथा प्रोत्साहन स्वरूप २० हजार रूपैयाँ प्रदान गरिने
खेलकुद विकास
- एक वडा एक खेलमैदान निर्माण कार्यक्रममा प्राथमिकता दिइने
- अध्यक्ष कप फुटबल प्रतियोगिता र उपाध्यक्ष कप भलिबल प्रतियोगिता संचालन गरिने
पूर्वाधार
- चुनिया नामटार हुँदै पालिकाको केन्द्रसम्म पुग्ने मूख्य सडकलाई स्तरोन्नति गरि बाह्रै महिना चल्ने गरि विकास गर्ने र आगामी ५ बर्षभित्रमा पक्की मोटरबाटो निर्माण गर्ने
- कालिकाटार गोगने जोड्ने सडक, घुमाउने बुकुटी हुँदै राक्सिराङ-१ जोड्ने सडक, भार्ता मानेभञ्ज्याङ दमारे अल्छे कप्सेरी पकनी सडक, बेतिनी मर्याङकोट आमडाँडा कैलाश ५ सागिने सडकहरूको स्तरोन्नतिका लागि संघ तथा प्रदेश सरकारसंग पहल गर्ने
- सडक सञ्जालहरूको समग्र स्तरोन्नति तथा विकासको लागि पालिकास्तरीय सडक गुरुयोजना बनाई अभिलेखिकरण गरिने
भवन तथा शहरी विकास
- भूमि आयोगसंगको सहकार्यमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई नेपाल सरकारको नीति नियम बमोजिम पूर्जा वितरण गरि भूमिसम्बन्धी समस्या समाधान गरिने
- पालिकाको केन्द्रमा आधुनिक शहर निर्माण गर्न गुरूयोजना तयार गरि लागू गरिने
- आगलागी भएको पालिकाको पुरानो भवनमा सुविधा सम्पन्न कैलाश सभाहल निर्माण गरिने
उर्जा तथा साना जलविद्युत, बैकल्पिक उर्जा
- उज्यालो कैलाश कार्यक्रम अन्तरगत आगामी ५ बर्ष भित्रमा सबै घरधुरीहरूमा बिजुली बत्तिको सुविधा पुर्याइने
संचार
- कैलाश-२ सानो डाँडाखर्क र कैलाश-३ गाउँपालिका भवन क्षेत्रमा द्रुतगतिको ईन्टरनेट सुविधासहितको मोबाइल टावर निर्माण गर्न आवश्यक पहल गरिने
- गाउँपालिका केन्द्र लगायत सबै वडा कार्यालयहरूमा संचार पहुँच पुर्याउन इन्टरनेट सुविधा व्यवस्था गरिने
विपद व्यवस्थापन, वारूण यन्त्र संचालन
- जोखिममा रहेका बस्ती स्थानान्तरण गरि सुरक्षित स्थानमा एकीकृत बस्ती निर्माण
- आपतकालीन विपद व्यवस्थापन योजना अनुसार बाढी पहिरो, नदि कटान, आगलागी, चट्याङ, विद्युतीय कारण तथा रोगजन्य महामारी लगायत अन्य दैविक कारणबाट उत्पन्न हुने विपदहरूलाई समयमै व्यवस्थापन गर्नका लागि विशेष बजेट विनियोजन गरिने
संस्थागत विकास तथा सेवा प्रवाह
- कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूको सहजताका लागि हेल्प डेस्क संचालन गरिने
- कार्यालयको अभिलेख तथा व्यवस्थापनलाई चुस्त दुरूस्त बनाई प्रविधिमैत्री एवं सबै वडा कार्यालयलाई विद्युतीय सुशासनमा आवद्ध गरिने
सूचना प्रविधि
- आमसंचार क्षेत्रलाई व्यवसायिक बनाउन पालिकाले सहयोग गर्ने, पालिका क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र, सामाजिक सांस्कृतिक लगायत विभिन्न पक्षको अनुसन्धान गरि लेखनबृत्ति कार्यक्रम संचालन गरिने, छापामाध्यम, अनलाइन मिडिया, रेडियो, टेलिभिजन तथा श्रव्यदृष्य माध्यमलाई उपयोग गरिने । पत्रकारिता क्षेत्रको विकासका लागि लगानी गर्ने, पालिकामा पत्रकारिता तालिम दिइने ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















