Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

निर्वाचित भएको १ बर्षमा कैलाश गाउँपालिकामा १७ उपलब्धी

IMG-20220728-WA0050-1686621819.jpg


सुनिल शिवाकोटी
३० जेठ , हेटौँडा । २०७९ सालमा स्थानीय तह सदस्या निवार्चनमा विजयी बनेर गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तान र उपाध्यक्ष बाल कुमार मल्ल ठकुरी नेतृत्वको जनप्रतिनिधीहरुको टिमले कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धी १७ वटा महत्वपूर्ण कामहरुमा उपलब्धि हासिल गरेको छ । मकवानपुरको उत्तरी दुर्गम क्षेत्र रहेको कैलाश गाउँपालिकाले आर्थीक बर्ष २०७९/०८० मा कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धी १७ वटा महत्वपूर्ण कामहरुमा उपलब्धि हासिल गर्न सफल भएको हो । २०७९ को स्थानीय तहको निर्वाचन पछि आएका जनप्रतिनिधीहरुले १ बर्षमा कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धी महत्वपूर्ण कामहरुमा उपलब्धि हासिल गर्न सफल भएको देखिएको छ ।गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानका अनुसार जनप्रतिनिधी निर्वाचित भइ नेतृत्व लिइसकेपछि आर्थिक बर्ष २०७९/०८० मा कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धी १७ काममा उपलब्धि हासिल गरेको बताए । 
उनका अनुसार  बित्तिय कारोबार सबै सूत्र प्रणाली मार्फत गरिएको, सूत्रको ईएफटिपि लागु गरिएको, ई-नागरिक वडापत्रको व्यवस्था गरिएको, कार्यलयमा ई-हाजिरिको व्यवस्था गरिएको बताए । त्यसैगरी जानकारी, सूचना बोर्ड, गुनासो पेटीकाको व्यवस्था गरिएको, कार्यालयमा सरकारले तोकेको पोशाक अनिर्वाय गरेको, कागजपत्र फाइलिङ्मा वैज्ञानिक व्यस्था कायम गरिएको, योजनालाई व्यवस्थित गर्न  योजना सञ्चालन पुस्तिका मार्फत योजना संचालन गर्ने गरिएको बताए । अध्यक्ष मोक्तानले हरेक महिनाको पहिलो सोमबार कर्मचारी बैठक बस्ने गरेको, प्रमुख प्रशासकिय अधिकृतबाट शाखा प्रमुखहरुलाई कार्यविवरण सहित अधिकार प्रत्यायोजन गरिएको बताए । त्यसैगरी गाउँपालिकाले आर्थीक बर्ष २०७९/०८० मा कार्यालय व्यवस्थापन तथा सुशासन सम्बन्धीको उपलब्धिमा निर्दिष्ट कार्यविधि पाश गरेर मात्र नयाँ कामहरु गर्ने गरिएको, सेवाग्रहीको कामलाई सम्पन्न गर्न सम्बन्धित शाखाका प्रमुख तथा कर्मचारीलाई आदेश दिइएको, सहायता कक्ष स्तनपान कक्षको व्यवस्था गरिएको, जिन्सीमा पाम्सको व्यवस्था लागु गरिएको छ । 
त्यसैगरी बेरुजु काम गर्न पेश्की रकमलाई कडाइ गरिएको, भौतिक र वित्तीय प्रगतिलाई यथार्थपरक गर्न डकुमेन्टेसन र अनुगमनलाई तिब्र बनाइएको र यस आर्थिक बर्षमा लक्ष्य अनुसारको बेरुजु  फर्छयौट गर्न निर्देशन सहित पत्रचार गरिएको जनाइएको छ । 
अध्यक्ष मोक्तानले राष्ट्रसेवक कर्मचारीबाट छिटो छरितो काम सम्पन्न गर्न स्थानीय भत्ताको व्यस्था गरिएको र ठेक्का प्रकृयाबाट निर्माण गर्नुपर्ने सबै कामहरुको मंसिरभित्र सम्झौता गरिसकिएको बताए । 
अध्यक्ष मोक्तानले कैलाशमा हुने कामलाई चुस्त दुरुस्त राख्न थप योजनाको तयारीमा रहेको समेत बताए । गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शीता कायम गर्न आफुले कर्मचारीलाई निर्देशन दिएको र निर्देशन अनुसार सेवाग्राहीको काममा ढिलासुस्ती भए कानुन अनुसारको कार्वाही गरिने बताए ।  अध्यक्ष मोक्तानले विकास निर्माणको काम पारदर्शी तथा जनताको काम ऐन कानूनको परिधिमा रहेर छिटो छरितो रुपमा भइरहेको दावी गरेको छन् ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष बाल कुमार मल्ल ठकुरीले कैलाशमै १० सैयाको अस्पताल निर्माण भइरहेको, ४ करोडको कालिकाटार नामटार बहुबर्षीय सडक योजना, थाहानगर हुँदै गोगने, डाडाँखर्क हुदै धादिङ जोड्ने ४० करोडको सडक निर्माण कार्यले गति लिएको र शैक्षिक पाठ्यक्रम निर्माण गरिको बताए । उनले प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम चालु ७० प्रतिशत काम सम्पन्न भइसकेको बताए । उपाध्यक्ष ठकुरीले कार्यालय व्यवस्थापन तथा सुशासनको क्षेत्रमा केही चुनौति रहेकोले त्यसलाई व्यवस्थापन गरिदै लगिने बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार