Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाको बजेट ४८ करोड ५९ लाख रुपैयाँ

Screenshot_20230625_13212-1687678730.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको छ । 
पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट वक्तव्य मार्फत आव ०८१/८१ का लागि ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
पालिकालाई संघीय सरकारबाट अनुदान मार्फत ३८ करोड २५ लाख १६ हजार ५११ रुपैयाँ र प्रदेशबाट ८ करोड ७२ लाख ५९ हजार १६९ रुपैयाँ प्राप्त भएको छ । त्यस्तै आन्तरिक राजस्व, घरजग्गा रजिष्ट्रेशन, दहत्तर बहत्तर कर र अल्याबाट गरि १ करोड ६२ लाख आय रहेको छ ।
सामाजिक क्षेत्रका लागि २ करोड १३ लाख १३ हजार ६ सय ७९ बजेट बिनियोजन गरिएको छ । सामाजिक विकास अन्तरगत शिक्षा एवं सस्कृति अन्तरगत प्रत्येक नागरिकहरूलाइ राज्यबाट आधारभुत तहसम्म अनिबार्य र निशुल्क तथा माध्यामिक तह सम्मको शिक्षा निशुल्क पाउने संबैधानिक हकको सुनिश्चित गर्न सामाजिक न्यायको आधारमा आवश्यक बजेट बिनियोजन गरेको उल्लेख छ । मौलिक कला, संस्कृति र ज्ञानको सम्मान, संरक्षण र सम्बर्द्धन गर्न नैतिक शिक्षालाइ बिधालय स्तरदेखि नै पाठ्यक्रममा समाबेश गरि कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ । सामुदायिक बिधालयहरूका शिक्षकलाइ तालिम प्रदान गरि शिक्षाको गुणस्तर र शिक्षकको क्षमता अभिबृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख छ ।
शिक्षातर्फ ९७ लाख १३ हजार रुपैया बजेट बिनियोजन गरिएको छ ।
स्वास्थ्य तथा पोषणतर्फ कैलाश गाउँपालिकाका सबै नागरिकलाइ स्वस्थ्य बनाइ सबल मानव पुजी निर्माणका लागि संघीय एवं प्रदेश तहसँगको समन्वयमा निशुल्क आधारभुत स्वास्थ्य सेवालाइ सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि सामाजिक बिकासतर्फ  २३ लाख ५० हजार रुपैया बिनियोजन गरिएको छ । 
लैंगिक समानता तथा सामिजक समावेशीकरणतर्फ कैलाश गाउँपालिकाको सरोकार, महिलालाइ सामाजिक र आर्थिक अधिकार भन्ने नारालाइ सार्थकता दिन महिलाको सामाजिक र आर्थिक सशक्तिकरणका लागि लैङ्गिक समानता, समाबेशिकरण तथा सामाजिक न्यायको सुनिश्चतता गर्न बिशेष कार्यक्रम सन्चालन गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।
बालमैत्री शासन, बालबिबाह र बालश्रम मुक्त गर्न कार्यक्रमहरू सन्चालन गरिने भएको छ । नेपालको संबिधानले लैङ्गिक बिभेदको अन्त्य गर्ने संकल्प सहित महिलालाइ लैङ्गिक भेदभाव बिना समान बंशिय हक, समानुपातिक समाबेशि सिद्धान्तका आधारमा बिकास प्रक्रियामा सहभागि हुने हक सुनिश्चित गरेको सन्दर्भमा महिला, बालबालिका, अपांग, दलित, पिछडिएका बर्ग, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख र अति बिपन्न वर्गहरूको क्षमता अभिबृद्धि, नेतृत्व बिकास र सशक्तिकरणका लागि २२ लाख यस शिर्षकमा विनियोजन गरिएको छ । 
युवा तथा खेलकुद बिकासतर्फ कैलाशका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका साथ खेलकुद पुर्बाधारको बिकास गर्न तथा खेल मैदान निर्माण गर्न सामाजिक बिकास तर्फ २५ लाख ५० हजार यस शिर्षकमा विनियोजन गरिएको छ ।
खानेपानी तथा सरसफाइतर्फ खानेपानी तथा सरसफाइ सेवाको पर्याप्त, सुरक्षित र सर्बसुलभ रूपमा उपलब्धताबाट जनस्वास्थ्यमा सुधार गर्दै एक घर एक धारा कार्यक्रम, सुख्खा क्षेत्र खानेपानी योजना सन्चालन गरिने र यसका लागि लागि सामाजिक बिकास क्षेत्र अन्तर्गतको बजेटको ३० लाख बिनियोजन गरिएको उल्लेख छ ।
भाषा तथा संस्कृति प्रबर्धनतर्फ गाउँपालिकाको मौलिक संस्कृति को पहिचान, संरक्षण, प्रबर्धन र विकास गरि परम्परागत ज्ञान र सम्पदा उत्थान गर्नु कैलाश गाउँपालिकाको नीति तथा कर्यक्रम अनुसार प्रथा, परम्परा, सांस्कृति सम्पदा, संग्रहालय आदिको बिकास र बिस्तारका लागि सामाजिक बिकास क्षेत्र अन्तर्गतको कुल बजेटको १५ लाख यस शिर्षकमा बिनियोजन गरेको जनाइएको छ ।
पूर्वाधार विकासका लागि कुल विकास बजेटको ८ करोड ३२ लाख ९२ हजार बिनियोजन गरिएको छ । पूर्वाधार विकास अन्तरगत सडक तथा झोलुंगे पुलतर्फ कैलाश गाउँपालिकाको यातायातको व्यवस्थित संजाल र प्रणालीको बिकासबाट मात्र आर्थिक सामाजिक एकिकरण र सन्तुलन कायम राख्न आवश्यक रहेको जनाउँदै सडक पूर्वाधारहरूको उचित संरक्षण, निर्माण, मर्मत संभार र सहज आवागमन सुनिश्चित गर्नु अपरिहार्य भएको सन्दर्भ र भौगोलिक धरातललाइ समेत मध्यनजर राख्दै यस क्षेत्रको बिकासका लागि पुर्बाधार बिकास तर्फको कुल बजेटबाट ६ करोड ७९ लाख २२ हजार यस शिर्षकमा बिनियोजन गरेको जनाइएको छ ।
भवन तथा शहरी बिकासतर्फ भवन निर्माणमा उपयुक्त आधुनिक प्रबिधि र स्थानीय बास्तुकलाको मिश्रणबाट नयाँ निर्माण सामग्रीको प्रयोग समेतलाइ प्रोत्साहन गरि सुरक्षित, टिकाउ, सुलभ र किफायती भवनहरूको निर्माण र बाताबरणमैत्रि तथा हरित बिकासमा आधारित गाउँ बिकास र गाउँ पालिकाको आफ्नै भवन लगायत पुर्बाधार बिकास तर्फको कुल बजेटको १ करोड १३ लाख ७० हजार बजेट बिनियोजन गरिएको छ ।
विद्युततर्फ गाउँपालिकालाई 'उज्यालो कैलाश समृद्ध कैलाश अभियान' को रूपमा बिकास गरि बिधुतको पुर्बाधार निर्माण गर्नु आवश्यक रहेको र यस क्षेत्रको बिकासका लागि पुर्बाधार बिकास तर्फको कुल बजेटबाट ३० लाख यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
बिज्ञान, सुचना तथा सन्चार प्रबिधितर्फ बिज्ञान, सुचना तथा सन्चार प्रबिधिको बिकासबाट कैलाश गाउँपालिकाको समृद्धि,बिकास र खुसी नागरिकको बिकास हुने हुनाले कैलाश गाउँपालिका बिधुतिय शासन मार्फत सेवा प्रवाह गरि सुशासन, जवाफदेहिता र जनउत्तरदायी सरकारको मुल्य र मान्यतालाइ संस्थागत गर्न आवश्यक रहेको सन्दर्भमा यस क्षेत्रको बिकासका लागि पुर्बाधार बिकास तर्फको कुल बजेटको १० लाख यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
आर्थिक क्षेत्रका लागि कुल बजेटको १ करोड १८ लाख ९६ हजार बजेट बिनियोजन गरिएको छ । आर्थिक बिकास क्षेत्रअन्तरगत कृषि क्षेत्रतर्फ माटो सुहाउदो खेती प्रणाली अनुसार कृषि क्षेत्रको बिबिधिकरण, व्यावसायिकरण र आधुनिकिकरण, कृषिमा युवा सहभागिता, बहुउदेश्यिय आधुनिक नर्सरी व्यवस्थापन, खाध सम्प्रभुता र सुरक्षा सुनिश्चित गर्न आर्थिक बिकास क्षेत्र तर्फको ३६ लाख ४ हजार यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ । 
पशुपंक्षीतर्फ स्वच्छ र स्वस्थ पशुपंक्षि उत्पादन, बिक्रि, खरिद र बजारिकरण गरि पशुपंक्षि क्षेत्रको बिकास मार्फत मानविय स्वस्थता कायम गर्न आर्थिक बिकास क्षेत्र तर्फको कुल बजेटको ३० लाख ४१ हजार यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
घरेलु तथा लघु उद्योगतर्फ कैलाश गाउँपालिकामा सहकारी मार्फत घरेलु, कुटिर र लघु उधोग स्थापना, सन्चालन र बिकास गरि नागरिकको आयस्तर बढाउनु आवश्यक रहेको यसका लागि आर्थिक बिकास क्षेत्र तर्फको कुल बजेटको ६ लाख यस शिर्षकमा बजेट बिनियोजन गरिएको उल्लेख छ ।
पर्यटन बिकास तथा प्रबर्धनतर्फ आन्तरिक तथा बाह्य पर्यटन मार्फत साँस्कृतिक तथा पर्याबरणमैत्रि पर्यटन उधोग बिकास गरि कैलाश गाउँपालिकाको कुल गार्हस्थ उत्पादन बृद्धि गरि रोजगारी सृजना गर्न यस क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले यस क्षेत्रको बिकास र प्रबर्धनका लागि आर्थिक बिकास क्षेत्र तर्फको कुल बजेटको ३० लाख यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
सहकारीतर्फ गाउँपालिका भित्रका सहकारी क्षेत्रको विकास गरी सहकारी मार्फत सामुहिक कृषि पशुपालन तथा आयआर्जनका तथा आयआर्जनका कार्यक्रम संचालन गरि एक घर एक सहकारी सदस्यअभियानलाई सार्थक बनाउन सहकारी क्षेत्रमा खर्च हुने गरी २ लाख यस शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
सिंचाइतर्फ सिंचाइ प्रणालीको मर्मत सम्भार एव दिगो व्यवस्थापनका लागि स्रोत सहित उपभोक्ता सहभागिता सुनिश्चित गर्नका लागि पुर्बाधार बिकास तर्फको कुल बजेटको १४ लाख ५० हजार यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
बाताबरण तथा बिपत ब्यवस्थापनतर्फ बातावरण तथा विपद् व्यवस्थापनमा ३५ लाख ५५ हजार, संस्थागत बिकास, सेवा प्रवाह र सुशासनतर्फ ४१ लाख ५० हजार रकम बिनियोजन गरिएको छ । बैठकमा गाउँ कार्यपालिकाका सदस्यहरूले बजेटमाथि धारणा राख्दै कैलाशलाई समृद्ध बनाउन बजेटको कार्यान्वयनमा जोड दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साफ यू-१९ फुटबल: नेपाल भारतसँग पराजित
20230927_210048-1695827863.jpg

१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।...

चौधरीको हत्यामा आरोपमा एक जना पक्राउ
Screenshot_20230626_21040-1695813270.jpg

१० असोज, सप्तरी । सप्तरीको  कञ्चनरुप नगरपालिका-७ बलुवाका २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको...

राष्ट्रपति पौडेलले नवनियुक्त चार राजदूतलाई शपथग्रहण गराए
20230927_134137-1695801751.jpg

१० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार राजदूतलाई बुधबार शपथग्रहण गराएका छन्...

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घट्यो
gold-1-e1517980737571-1695800481.jpg

१० असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो...

प्रधानमन्त्री दाहाल तिव्बतको ल्हासा पुगे
20230927_131900-1695800153.jpg

१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्...

पुरुष क्रिकेटमा मंगाेलियाविरुद्ध नेपालको फराकिलो जित
Screenshot_20230927_13085-1695799553.jpg

१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध...

लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या
Goli-1695785752.jpg

१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या भएको छ । हत्या हुनेमा...

एमाले बागमती प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया शुरू
UML_Bagmati_Province_asse-1695779926.jpg

१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तरगत आजबाट निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन...

प्रधानमन्त्री दाहाल चीनको स्वशासित क्षेत्र ल्हासा जाँदै
20230923_121809-1695779342.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन्...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg