Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत

20230728_151747-1690541292.jpg

१२ साउन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बार्षिक प्रगति ७८.६६ प्रतिशत रहेको छ ।
गाउँपालिकाले  शुक्रबार गरेको बार्षिक समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा आर्थिक शाखा प्रमुख नविन धितालले आव २०७९/८० को बार्षिक विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार गाउँपालिकाको बार्षिक प्रगति चालुतर्फ ८३.९ प्रतिशत र पूँजिगत खर्च ७१.६१ प्रतिशत गरी ७८.६६ प्रतिशत रहेको छ ।
कार्यक्रममा योजना तथा प्राविधिक शाखाका अधिकृत सुरेश न्यौपाने र सहायक पुष्पराज नेगीले गाउँपालिकामा १८५ योजनामध्ये ९८ प्रतिशत सम्पन्न भएको जानकारी दिए । राजस्व शाखाका विक्रमबहादुर थिङले प्रस्तुति गर्दै १ करोड १४ लाख ८२ हजार ८ सय १५ रूपैया आन्तरिक आम्दानी भएको जानकारी दिए । यो गत आव भन्दा २०.७९ प्रतिशत कम हो । आव २०७८/७९ मा १ करोड ४४ लाख ९६ हजार ३ सय ३५ रूपैयाँ आन्तरिक आम्दानी भएको थियो ।
कार्यक्रममा न्यायिक सहजकर्ता अस्मिता थापाले प्रस्तुति दिंदै आव २०७९/०८० मा ५ वटा मुद्धा निरूपण गरेको जानकारी दिइन् । महिला बालबालिका शाखाका हस्तराम नेगीले प्रस्तुति गर्दै ७ वटा कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए । उनले शाखाले वडागत रूपमा शिविर गरेको र १५२ जनाले शिविरबाट अपांगता परिचय पत्र वितरण गरिएको बताए ।
कृषि तथा पशु विकास शाखा राहुल सेन्चुरीले १४० जनालाई अनुदानमा स्प्रे पम्प वितरण, ५ वटा कृषि समूहलाई टनेल वितरण, माटो परिक्षण, धानको बीउ वितर, बाख्रा पालन, आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रम, औषधी खरिद लगायतका काम गरेको जानकारी दिए । उद्यम विकास शाखाकी प्रमिला अर्याल सुशासनको अभ्यास, नयाँ उद्यमी सिर्जना, समूहमा प्रविधि हस्तान्तरण लगायतका कार्यक्रम भएको जानकारी दिइन् ।
कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका अर्पण लामा घिसिङ, जिन्सी तथा सूचना प्रविधि शाखाका प्रकाश राई,  शिक्षा, युवा तथा खेलकुद शाखाबाट सूर्यबहादुर थिङ, बहुक्षेत्रीय पोषण कार्यक्रमकी सरूना प्रजा, स्वास्थ्य शाखाका जगन्नाथप्रसाद साह, पञ्जिकरण शाखाका राजकुमार चेपाङ, प्रशासन शाखाकी ज्वाला स्याङ्तानले आफ्नो शाखाको प्रगति प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साफ यू-१९ फुटबल: नेपाल भारतसँग पराजित
20230927_210048-1695827863.jpg

१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।...

चौधरीको हत्यामा आरोपमा एक जना पक्राउ
Screenshot_20230626_21040-1695813270.jpg

१० असोज, सप्तरी । सप्तरीको  कञ्चनरुप नगरपालिका-७ बलुवाका २५ वर्षीय राहुलकुमार चौधरीको हत्यामा संलग्न रहेको...

राष्ट्रपति पौडेलले नवनियुक्त चार राजदूतलाई शपथग्रहण गराए
20230927_134137-1695801751.jpg

१० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार राजदूतलाई बुधबार शपथग्रहण गराएका छन्...

सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घट्यो
gold-1-e1517980737571-1695800481.jpg

१० असोज, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो...

प्रधानमन्त्री दाहाल तिव्बतको ल्हासा पुगे
20230927_131900-1695800153.jpg

१० असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्...

पुरुष क्रिकेटमा मंगाेलियाविरुद्ध नेपालको फराकिलो जित
Screenshot_20230927_13085-1695799553.jpg

१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध...

लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या
Goli-1695785752.jpg

१० असोज, काठमाडौं । बाराको पचरौता नगरपालिका–६ लक्ष्मिनियामा एक युवकको गोली हानी हत्या भएको छ । हत्या हुनेमा...

एमाले बागमती प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया शुरू
UML_Bagmati_Province_asse-1695779926.jpg

१० असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन अन्तरगत आजबाट निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन...

प्रधानमन्त्री दाहाल चीनको स्वशासित क्षेत्र ल्हासा जाँदै
20230923_121809-1695779342.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन्...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg