Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कैलाश गाउँपालिका

कैलाशको नीति तथा कार्यक्रम: अध्यक्षसंग विपन्न नागरिक कार्यक्रम देखी नमुना युवा कार्यक्रम

Screenshot_20240624_13061-1719214076.jpg

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मोक्तान

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिकामा भएको १४ औं गाउँसभामा पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनले गाउँपालिकाको योजना तर्जुमा गर्दा क्षेत्रगत नीतिहरू अवलम्वन गरिएको जनाएको छन् ।पालिकाले विगतमा गर्दै आएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिई थप कार्यक्रमहरु गर्दै लैजाने नीति समेत लिएको छ ।
      **'क्षेत्रगत नीतिहरू***

१. किसान सूचीकरण कार्यक्रम, मकै बाली प्रवर्द्धन, एकल महिला लक्षित कृषि प्रवर्द्धन, माटो परीक्षण आकस्मिक रोग किरा नियन्त्रण, च्याउ खेती तालिम तथा प्रवर्द्धन गरी कृषि तर्फ ९० लाख ५१ हजार बजेट विनियोजन गरिएको। 

२. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, नमुना युवा कार्यक्रम, ५० प्रतिशत अनुदानमा रिटर्निग उद्यमशीलता कार्यक्रम सहित उद्योग विकासतर्फ ३१ लाख विनियोजन गरिएको छ। 
३. गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटका लागि जिपलाइन पूर्वाधारको निर्माण, प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन लगायत पर्यटन तर्फ ५४ लाख बजेट विनियोजन गरेको छ।
४. सिचाई सुविधा प्रदान गरी खोतीयोग्य क्षेत्रको बढोत्तरी गर्न सिचाई तर्फ विभित्र योजनाहरू गरी ५७ लाख ३५ हजार बजेट विनियोजन गरेको छ। 
५.पशु विमा, पशु पन्छी विकास तर्फ २२ लाख ७२ हजार विनियोजन 
६. संघीय सशर्त बजेट अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि ७१ लाख ७१ हजार सहित सम्रग आर्थिक विकास तर्फ ३ करोड २७ लाख २९ हजार रकम विनियोजन गरेको छ। 
७.मनहरी खोलामा पक्की पुल देखि नामटार कालिकाटार सडकको सल्याव ढलानका लागि संघको ६५ लाख र गाउँपालिकाको ७० लाख गरी कुल १ करोड ३५ लाख र कीर्तीमान डाँडा हुदै बनझाक्री खोलासम्म सडक स्तरोन्नति र सलबास हुदै सानोडाँडाखर्क  सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट १/१ करोड र गाउँपालिकाको १/१ करोड गरी ४ करोड विनियोजन
८.भवन आवास तथा सहरी विकास तर्फ १ करोड ६० लाख रकम विनियोजन र वडा नम्बर ९ को प्रशासनिक भवन निर्माणका लागि २० लाख बजेट विनियोजन गरेको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ७६ लाख ५ हजार ७१८ रुपैयाँ रकम विनियोजन गरिएको छ।
९. कैलाश रेडियो कार्यक्रम संचालन गरिने
१० अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई निरन्तरता दिइएको जसका लागि क्रमशः ८ लाख र ५ लाख रकम विनियोजन गरिएको छ।
११.युवा तथा खेलकुद तर्फ ४० लाख ५० हजार बजेट विनियोजन
१२.चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको
१३. शिक्षा तर्फ संघ, प्रदेश र गाउँपालिकाको समेत गरी १५ करोड ३२ लाख ८१ हजार बजेट विनियोजन गरिएको
१४. मातृ तथा नवजात कार्यक्रम अन्तर्गत आमा सुरक्षा गर्भवती उत्प्रेरण सेवा नवजात शिशुको निःशुल्क उपचारका लागि गरी सम्रग स्वास्थ्य तर्फ गाउँपालिका, प्रदेश र संघीय सरकारको रकम सहित ३ करोड ४० लाख ५० हजार रकम विनियोजन गरिएको छ।
१५. अध्यक्षसंग विपन्न नागरिक कार्यक्रमलाई निरन्तरता दिदै ६ लाख बजेट विनियोजन गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा पोखरेलको नेतृत्वमा
FB_IMG_1736696233306_edit-1736696405.jpg

 २८ पुस, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ...

मनहरीमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु
pngtree-bus-crash-clipart-1736688047.png

२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।...

महान्यायाधिवक्ता बडालद्वारा वार्षिक प्रतिवेदन पेश
Screenshot_20250112_15113-1736674002.jpg

२८ पुस, हेटौंडा । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन्...

सुनचाँदीको मूल्य बढ्यो
Gold-1736663479.jpg

२८ पुस, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको...

रवि काठमाडौं जिल्ला अदालतमा आज हाजिर हुने
Screenshot_20241105_16244-1736652102.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आज हाजिर...

मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना पक्राउ
1692329053-JWCZd-1736645750.jpg

२८ पुस, हेटौंडा । मलद्वारमा सुन लुकाएर ल्याउने तीन जनालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1736643142.jpg

२८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट निर्वाचित (मतसहित)
Screenshot_20250112_06202-1736642149.jpg

२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...

मकवानपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा चौलागाई र अधिकारी विजयी
Screenshot_20240528_08091-1736611079.jpg

२७ पुस, हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी...

थप समाचार