Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

कैलाश गाउँपालिका

कैलाशको नीति तथा कार्यक्रम :चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता

Screenshot_20240624_13430-1719216041.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्षमा चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिदै अध्यक्षसँग विपन्न र किशोर किशोरी बहस कार्यक्रम संचालन सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ।

आज सोमबार बसेको १४ औ गाउँसभाको बैठकमा आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले जानकारी दिएका छन्।

प्रस्तुत नीति तथा कार्यक्रममा पालिकाले आवा २०८१।८२ मा विपद व्यवस्थापनका लागि सबै वडामा प्रकृति प्रकोप जनचेतना कार्यक्रम संचालनमा गरिनेछ।त्यसैगरी सामान्य सेवामा स्थानीय सरकार : जनताको नजिकको सरकारलाई यथार्थतामा रूपान्तरणका लागि गाउँपालिकाबाट प्रदान गरिने सेवालाई छिटो छरितो नागरिक मैत्री बनाईने मोक्तानले नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताए । 

गाउँपालिका र वडा कार्यालयहरुलाई सुचना मैत्री कार्यालयको रुपमा विकास गरिने र संचालनमा रहेको अध्यक्षसँग विपन्न र किशोर किशोरी बहस कार्यक्रमलाई निरन्तरता दिदै रकम विनियोजन गरेको जनाइएको छ।
गाउँपालिकाबाट हुने सम्पूर्ण कारोबारलाई बैंकिंग प्रणाली मार्फ़त गरिने जनाइएको छ।सार्वजनिक सुनुवाई निरन्तर गरिने,डिजिटल नागरिक वडापत्रको बारेमा सेवाग्रहीलाई सचेत गरिदै लगिने अध्यक्ष मोक्तानले बताएका छन् ।
त्यसैगरी गाउँपालिकालाई ऐतिहासिक, मौलिक संस्कृति र रहनसहनको संरक्षण र सम्वर्द्धन गर्न घाटुनाच, मारुनी नाच, तामाङ भाषा र संस्कृतिको र मगर नौमती बाजा संरक्षण गरी धार्मिक ऐतिहासिक क्षेत्रको फोटो संकालन गरी स्थाहरुको प्रचारप्रसार गर्ने जनाइएको छ।मोक्तानले गाउँपालिकास्तर र जिल्लास्तर हुदै राष्ट्रिय स्तरका खेलाडीहरु निर्माण गर्न अध्यक्षकप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई निरन्तरता दिइने बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मनहरीमा एक पुरुष मृत भेटिए
IMG_0682-1763454921.png

२ मंसिर,हेटौंडा ।मकवानपुरको सुनाचुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।  मंगलबार बिहान मनवानपुरको...

सुनको मूल्य घट्यो
Gold-1763448055.jpg

२ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मू्ल्य घटेको छ । सुन तोलामा ३ हजार ८ सय रुपैंया घटेको हो ।  मंगलबार छापावाल...

एनपीएलमा आज दुई खेल हुँदै
Screenshot_20251117_07271-1763431374.jpg

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।  मंगलबारको पहिलो खेलमा चितवन...

दुर्गा प्रसाईं पक्राउ
durga-prasai-1763431166.png

२ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले गएराति...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1763430648.jpg

२ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका पहाडी तथा हिमाली भूभागमा...

बंगलादेशकी तत्कालीन प्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय
hasina-1722850935-1763377016.jpg

१ मंसिर, हेटौंडा । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ...

नेपाल ट्रष्टका तत्कालीन सचिव कार्की पक्राउ
fhjggh-1763344994.jpg

१ मंसिर, हेटौंडा । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुन कुमार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
congress-1763344606.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बैठक मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने...

प्रतिनिधिसभा निर्वाचन कार्यक्रम सार्वजनिक
Election-Commission-nirba-1763344341.jpg

१ मंसिर, हेटौंडा । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन...

थप समाचार