Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको नीति तथा कार्यक्रम :चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता

Screenshot_20240624_13430-1719216041.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्षमा चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिदै अध्यक्षसँग विपन्न र किशोर किशोरी बहस कार्यक्रम संचालन सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ।

आज सोमबार बसेको १४ औ गाउँसभाको बैठकमा आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले जानकारी दिएका छन्।

प्रस्तुत नीति तथा कार्यक्रममा पालिकाले आवा २०८१।८२ मा विपद व्यवस्थापनका लागि सबै वडामा प्रकृति प्रकोप जनचेतना कार्यक्रम संचालनमा गरिनेछ।त्यसैगरी सामान्य सेवामा स्थानीय सरकार : जनताको नजिकको सरकारलाई यथार्थतामा रूपान्तरणका लागि गाउँपालिकाबाट प्रदान गरिने सेवालाई छिटो छरितो नागरिक मैत्री बनाईने मोक्तानले नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताए । 

गाउँपालिका र वडा कार्यालयहरुलाई सुचना मैत्री कार्यालयको रुपमा विकास गरिने र संचालनमा रहेको अध्यक्षसँग विपन्न र किशोर किशोरी बहस कार्यक्रमलाई निरन्तरता दिदै रकम विनियोजन गरेको जनाइएको छ।
गाउँपालिकाबाट हुने सम्पूर्ण कारोबारलाई बैंकिंग प्रणाली मार्फ़त गरिने जनाइएको छ।सार्वजनिक सुनुवाई निरन्तर गरिने,डिजिटल नागरिक वडापत्रको बारेमा सेवाग्रहीलाई सचेत गरिदै लगिने अध्यक्ष मोक्तानले बताएका छन् ।
त्यसैगरी गाउँपालिकालाई ऐतिहासिक, मौलिक संस्कृति र रहनसहनको संरक्षण र सम्वर्द्धन गर्न घाटुनाच, मारुनी नाच, तामाङ भाषा र संस्कृतिको र मगर नौमती बाजा संरक्षण गरी धार्मिक ऐतिहासिक क्षेत्रको फोटो संकालन गरी स्थाहरुको प्रचारप्रसार गर्ने जनाइएको छ।मोक्तानले गाउँपालिकास्तर र जिल्लास्तर हुदै राष्ट्रिय स्तरका खेलाडीहरु निर्माण गर्न अध्यक्षकप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई निरन्तरता दिइने बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार