८फागुन,हेटौंडा।मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड कैलाश-३ मा रहेको भवानी माध्यामिक विद्यालयको पोल्टा पर्न सफल भएको छ।
भवानी मा विले ९ स्वर्ण, एक रजत र २ कास्य पदक प्राप्त गर्दै कैलाश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड हात पार्न सफल भएको हो। कैलाश गाउँपालिकाको आयोजना तथा पहिलो पटक कैलाश खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा विद्यालय सहभागि रहेका थिए। भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भएको थियो । प्रतियोगितामा ४ स्वर्ण, एक कास्य पदक सहित कैलाश २ मा अवस्थित कमलादेवी मावि द्वितीय भएको छ भने २ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित कैलाश ९ मा अवस्थित कालिका माविले तृतीय स्थान हासिल गरेको छ ।
प्रतियोगितामा हाइजम्प खेलमा छात्रातर्फ समूना मल्ल, गोमा बर्तौला र रुथ जिम्बा क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् भने छात्रतर्फ नमराज मुक्तान, उसप मुक्तान र विशाल मोक्तान क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए ।
त्यस्तै, सटपुट खेलको छात्रातर्फ सरिता सुनार प्रथम, भीममाया गुरुङ द्धितीय र लक्ष्मी थोकर तृतीय भएका छन् भने छात्रतर्फ अजित थिङ प्रथम, उदय मुक्तान द्धितीय र साजन कुमार वाईवा तृतीय भएको कैलाश खेलकुद विकास समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख समीर जोशीले बताएका छन्।
त्यसैगरी ज्यावलिङ थ्रो खेलमा छात्रातर्फ मुना गुरुङ प्रथम, प्रियन्ना थिङ द्धितीय र मनिषा मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ नवराज मुक्तान प्रथम, दिवाकर प्रजा द्धितीय र सोनाम घिसिङ तृतीय भएका छन् ।
त्यस्तै, लङ्गजम्पको छात्रातर्फ समूना मल्ल प्रथम, विनिता थिङ द्धितीय र गोमा बर्तौला तृतीय भएका छन् । ८ सय मिटर दौडको छात्रतर्फ अनक मुक्तान प्रथम, विकास थिङ द्धितीय र विप्लव घिसिङ तृतीय भएका छन् ।
प्रतियोगिताको ४ सय मिटर दौडको छात्रातर्फ सदीक्षा गुरुङ प्रथम, रेश्मा स्याङ्बो द्धितीय र सञ्जमाया मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ रमन थिङ प्रथम, सुरेश खड्का द्धितीय र सुनील प्रजा तृतीय भएका छन् ।
यसैगरी २ सय मिटर दौडको छात्रातर्फ सविना वाईवा प्रथम, मनिषा नेगी द्धितीय मनमाया बुलुन तृतीय भएका छन् र छात्रतर्फ आमोश चेपाङ प्रथम, सुदीप मुक्तान द्धितीय र दिवाकर प्रजा तृतीय भएका छन् । एक सय मिटर दौडको छात्रातर्फ प्रकृति सुवेदी प्रथम, गोमा बर्तौला द्धितीय र सविना वाईवा तृतीय भए भने छात्रतर्फ विकास थिङ प्रथम, विकास परियार द्धितीय र नीमा थिङ तृतीय भएको शिक्षा शाखा प्रमुख जोशीले बताए ।
भलिबलतर्फको खेलमा कमलादेवी माध्यामिक विद्यालय विजेता बनेको थियो भने उपविजेता भने धुवाङ माध्यामिक विद्यालय रहेको जनाइएको छ ।
समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता आयोजना गरिएको थियो । विजयी भएका विद्यालयलाई पालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए ।
प्रतियोगितामा कमलादेवी मावि कैलाश-२, भवानी मावि कैलाश-३, व्यास मावि कैलाश-६, धुवाङ्ग मावि कैलाश-८, कालिका मावि कैलाश-९ र रत्नज्योति मावि कैलाश-१० का विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको जोशीले बताएका छन् ।
३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ । पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...
२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...
२१ असार, हेटौंडा । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आगामी साउन ३ गतेसम्म थप गरेको छ...
२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...
२२ असार, हेटौंडा । नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक...
२८ असार, हेटौंडा । बझाङको केदारस्युँ गाउँपालिका-७ सुगरेस्थित भित्री सडकखण्डमा शनिबार जिप दुर्घटना हुँदा तीन...
२२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ...
२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...
२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...


















