८फागुन,हेटौंडा।मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड कैलाश-३ मा रहेको भवानी माध्यामिक विद्यालयको पोल्टा पर्न सफल भएको छ।
भवानी मा विले ९ स्वर्ण, एक रजत र २ कास्य पदक प्राप्त गर्दै कैलाश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड हात पार्न सफल भएको हो। कैलाश गाउँपालिकाको आयोजना तथा पहिलो पटक कैलाश खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा विद्यालय सहभागि रहेका थिए। भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भएको थियो । प्रतियोगितामा ४ स्वर्ण, एक कास्य पदक सहित कैलाश २ मा अवस्थित कमलादेवी मावि द्वितीय भएको छ भने २ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित कैलाश ९ मा अवस्थित कालिका माविले तृतीय स्थान हासिल गरेको छ ।
प्रतियोगितामा हाइजम्प खेलमा छात्रातर्फ समूना मल्ल, गोमा बर्तौला र रुथ जिम्बा क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् भने छात्रतर्फ नमराज मुक्तान, उसप मुक्तान र विशाल मोक्तान क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए ।
त्यस्तै, सटपुट खेलको छात्रातर्फ सरिता सुनार प्रथम, भीममाया गुरुङ द्धितीय र लक्ष्मी थोकर तृतीय भएका छन् भने छात्रतर्फ अजित थिङ प्रथम, उदय मुक्तान द्धितीय र साजन कुमार वाईवा तृतीय भएको कैलाश खेलकुद विकास समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख समीर जोशीले बताएका छन्।
त्यसैगरी ज्यावलिङ थ्रो खेलमा छात्रातर्फ मुना गुरुङ प्रथम, प्रियन्ना थिङ द्धितीय र मनिषा मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ नवराज मुक्तान प्रथम, दिवाकर प्रजा द्धितीय र सोनाम घिसिङ तृतीय भएका छन् ।
त्यस्तै, लङ्गजम्पको छात्रातर्फ समूना मल्ल प्रथम, विनिता थिङ द्धितीय र गोमा बर्तौला तृतीय भएका छन् । ८ सय मिटर दौडको छात्रतर्फ अनक मुक्तान प्रथम, विकास थिङ द्धितीय र विप्लव घिसिङ तृतीय भएका छन् ।
प्रतियोगिताको ४ सय मिटर दौडको छात्रातर्फ सदीक्षा गुरुङ प्रथम, रेश्मा स्याङ्बो द्धितीय र सञ्जमाया मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ रमन थिङ प्रथम, सुरेश खड्का द्धितीय र सुनील प्रजा तृतीय भएका छन् ।
यसैगरी २ सय मिटर दौडको छात्रातर्फ सविना वाईवा प्रथम, मनिषा नेगी द्धितीय मनमाया बुलुन तृतीय भएका छन् र छात्रतर्फ आमोश चेपाङ प्रथम, सुदीप मुक्तान द्धितीय र दिवाकर प्रजा तृतीय भएका छन् । एक सय मिटर दौडको छात्रातर्फ प्रकृति सुवेदी प्रथम, गोमा बर्तौला द्धितीय र सविना वाईवा तृतीय भए भने छात्रतर्फ विकास थिङ प्रथम, विकास परियार द्धितीय र नीमा थिङ तृतीय भएको शिक्षा शाखा प्रमुख जोशीले बताए ।
भलिबलतर्फको खेलमा कमलादेवी माध्यामिक विद्यालय विजेता बनेको थियो भने उपविजेता भने धुवाङ माध्यामिक विद्यालय रहेको जनाइएको छ ।
समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता आयोजना गरिएको थियो । विजयी भएका विद्यालयलाई पालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए ।
प्रतियोगितामा कमलादेवी मावि कैलाश-२, भवानी मावि कैलाश-३, व्यास मावि कैलाश-६, धुवाङ्ग मावि कैलाश-८, कालिका मावि कैलाश-९ र रत्नज्योति मावि कैलाश-१० का विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको जोशीले बताएका छन् ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















