१२ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाका ६ जना चेपाङले आवास भवन निर्माणको लागि पालिकासंग सम्झौता गरेका छन् ।
सोमबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठले लाभग्राही रहेका ६ जना चेपाङलेआवास भवन निर्माणका लागि सम्झौता गरेका हुन् ।
बागमती प्रदेश सरकारबाट चेपाङ, वनकरिया, बोटे, माझीको एकीकृत बस्ती तथा आवास कार्यक्रम अन्तरगत उक्त सम्झौता गरिएको हो । लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले कार्यालयको मापदण्ड अनुरुप घर बनाउनु भन्दै गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
सम्झौता गर्ने काम नगर्ने गर्न कसैलाई छुट नभएकाले आफ्नो बस्ने आवास बनाउन छिट्टै सुरुवात गर्नुहुन अनुरोध गरे । राज्यले घर बनाउनको लागि लगानी गरी सहयोग गरेको हो । काम गर्दा प्राविधिक पक्षलाई पनि ख्याल गर्दै काम गरिनुपर्ने बताए । नापजाँच गर्दा सानो बनेको अवस्था सिर्जना भयो भने प्राप्त हुने रकम कट्टि हुने भएकाले सोच विचार गरेर जेठ सम्ममा घर निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्।
सिफारिस माग भए बमोजिम यस आवमा कैलाश वडा नम्बर ३ का तीन जना र कैलाश वडा नम्बर ४का तीन जना गरी ६ जनाको नाम सिफारिस गरेको हो। यता पालिका अध्यक्ष मुक्तानले गत आर्थिक वर्षमा २५ जनाले सम्झौता गरेको र यस वर्ष पनि विगत देखी स्थायी रुपमा बसोबास गरेका चेपाङ परिवार भवन निर्माणको लागि छनौट गरी सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताएका छन्।
लाभग्राहीले दुई कोठे १२ /१२ फिटको घर निर्माण गर्नुपर्ने मापदण्ड रहेको कार्यालयको कैलाशका फोकल पर्सन सुर्दशन दवाडीले बताएका छन् ।
दुई कोठे भवन सँगै सम्झौता अनुरुप शौचालय समेत निर्माण गरिनुपर्ने बताए । चार लाखमा कट्टि गरी हामीले सम्झौता अनुरुप तीन लाख ८४ हजार लाभग्राहीलाई प्रदान गर्छौ । तीन किस्तामा उनीहरुले रकम पाउनेछन् । पहिलो किस्तामा भवनको जग खनेपश्चात २० प्रतिशत रकम, दोस्रो किस्ता सिल लेवल (झ्याल सम्म) निर्माण पश्चात ४० प्रतिशत रकम र भवन निर्माण पश्चात ४० प्रतिशत रकम प्राप्त गर्ने दवाडीले बताएका छन् ।
लाभग्राहीले खाता नम्बर र प्यान नम्बर कार्यालयमा बुझाउनुपर्ने छ । सम्झौता गर्नेमा कैलाश ३ का ज्ञानमाया प्रजा, रामचन्द्र प्रजा, खुसीलाल चेपाङ र कैलाश ४ का प्रविण प्रजा, हरिमाया प्रजा चेपाङ र गंगालाल प्रजा रहेको दवाडीले बताए । सम्झौता कार्यक्रममा सहरी विकास तथा भवन कार्यालय हेटौंडाका लेखा अधिकृत खिमानन्द पौडेल, अधिकृत सुरेन्द्र राई, सामाजिक परिचालक खेम प्रजा, लगायतको उपस्थिती रहेको थियो ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















