Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा ६ चेपाङले आवास निर्माणका लागि गरे सम्झौता

Screenshot_20250224_17560-1740399133.jpg

१२ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिने कैलाश  गाउँपालिकाका ६ जना चेपाङले आवास भवन निर्माणको लागि पालिकासंग सम्झौता गरेका छन् ।

सोमबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठले लाभग्राही रहेका ६ जना चेपाङलेआवास भवन निर्माणका लागि सम्झौता गरेका हुन् । 
बागमती प्रदेश सरकारबाट चेपाङ, वनकरिया, बोटे, माझीको एकीकृत बस्ती तथा आवास कार्यक्रम अन्तरगत उक्त सम्झौता गरिएको हो ।  लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले कार्यालयको मापदण्ड अनुरुप घर बनाउनु भन्दै गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
सम्झौता गर्ने काम नगर्ने गर्न कसैलाई छुट नभएकाले आफ्नो बस्ने आवास बनाउन छिट्टै सुरुवात गर्नुहुन अनुरोध गरे । राज्यले घर बनाउनको लागि लगानी गरी सहयोग गरेको हो । काम गर्दा प्राविधिक पक्षलाई पनि ख्याल गर्दै काम गरिनुपर्ने बताए । नापजाँच गर्दा सानो बनेको अवस्था सिर्जना भयो भने प्राप्त हुने रकम कट्टि हुने भएकाले सोच विचार गरेर जेठ सम्ममा घर निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्। 
 सिफारिस माग भए बमोजिम यस आवमा कैलाश वडा नम्बर ३ का तीन जना र कैलाश वडा नम्बर ४का तीन जना गरी ६ जनाको नाम सिफारिस गरेको हो। यता पालिका अध्यक्ष मुक्तानले गत आर्थिक वर्षमा २५ जनाले सम्झौता गरेको र यस वर्ष पनि विगत देखी स्थायी रुपमा बसोबास गरेका चेपाङ परिवार भवन निर्माणको लागि छनौट गरी सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताएका छन्। 
लाभग्राहीले दुई कोठे १२ /१२ फिटको घर निर्माण गर्नुपर्ने मापदण्ड रहेको कार्यालयको कैलाशका फोकल पर्सन सुर्दशन दवाडीले बताएका छन् ।
दुई कोठे भवन सँगै सम्झौता अनुरुप शौचालय समेत निर्माण गरिनुपर्ने बताए । चार लाखमा कट्टि गरी हामीले सम्झौता अनुरुप तीन लाख ८४ हजार लाभग्राहीलाई प्रदान गर्छौ । तीन किस्तामा उनीहरुले रकम पाउनेछन् । पहिलो किस्तामा भवनको जग खनेपश्चात २० प्रतिशत रकम, दोस्रो किस्ता सिल लेवल (झ्याल सम्म) निर्माण पश्चात ४० प्रतिशत रकम र भवन निर्माण पश्चात ४० प्रतिशत रकम प्राप्त गर्ने दवाडीले बताएका छन् ।
लाभग्राहीले खाता नम्बर र प्यान नम्बर कार्यालयमा बुझाउनुपर्ने छ । सम्झौता गर्नेमा कैलाश ३ का ज्ञानमाया प्रजा, रामचन्द्र प्रजा, खुसीलाल चेपाङ र कैलाश ४ का प्रविण  प्रजा, हरिमाया प्रजा चेपाङ र गंगालाल प्रजा रहेको दवाडीले बताए । सम्झौता कार्यक्रममा सहरी विकास तथा भवन कार्यालय हेटौंडाका लेखा अधिकृत खिमानन्द पौडेल, अधिकृत सुरेन्द्र राई, सामाजिक परिचालक खेम प्रजा, लगायतको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार