१४ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा बुधबार(आज) बाट पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
कैलाश गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा कैलाश ९ स्थित नामटार खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । समितिका संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता र उपाध्यक्ष बालकुमार मल्लको विशेष आतिथ्यतामा प्रतियोगिता उदघाटन गरिएको हो।
आज भएको उद्घाटन खेल वडा नम्बर ७ ले विजयी शुरुवात गरेको छ। वडा नम्बर १संगको प्रतिस्पर्धामा वडा नम्बर ७ ले २ -१ गोल अन्तरले वडा नम्बर १लाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको पाँच मिनेटमा वडा ७ का सन्तोष मुक्तानले पहिलो गोल गरेका थिए । दोस्रो हाफको १९ औँ मिनेटमा सागर चेपाङले एक गोल थप गरेका थिए । वडा १ को तर्फबाट भने शिशिर नेगीले थप गरेको २ मिनेट(२५+२) मा एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच वडा ७ का सागर चेपाङ घोषित भए । उनलाई गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले ट्रफि प्रदान गरेका थिए ।
त्यसैगरी आजै भएको वडा नम्बर ४ र २ बिचको दोस्रो खेलमा वडा ४ पेलान्टी सुट आउटमा वडा नम्बर २ लाई पराजित गरेको हो। निर्धारित समयमा १-१ गोल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेको थियो । सुट आउटमा वडा ४ ले ५ गोल गरेको थियो भने वडा २ ले ४ गोल गरेको उक्त खेलको म्यान अफ द म्याच वडा ४ का गोलरक्षक सबल प्रजा घोषित भए । नकआउट चरणमा खेलाईएको खेलमा विहीबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा १० र ६ बीच हुनेछ भने दोस्रो खेल वडा ५ र ३ बीच हुने आयोजकले जनाएको छ । तेस्रो खेल वडा ७ र ९ बीच र चौथो खेल वडा ४ र ८ बीच हुने समितिका संयोजक मोहन वाईवाले बताएका छन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा ३ का अध्यक्ष देवलाल बल, वडा ७ का अध्यक्ष उदास कुमार भोलन, वडा ९ का अध्यक्ष भुवन घलान लगायतको अतिथ्यता रहेको थियो ।
त्यसैगरी कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा कार्यरत कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कैलाश गाउँपालिका विजयी भएको छ।कैलाश गाउँपालिकाको आयोजनामा भएको खेलमा १-० गोल अन्तरले कैलाश विजयी भएको हो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















