१५ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकालामा मगर दिवस मनाइएको छ। नेपाल मगर सङ्घकाे ४३औं स्थापना दिवसकाे अवसरमा सांस्कृतिक कार्यक्रम सहित कैलाशमा मगर स्थापना दिवस मनाइएको हो। नेपाल मगर संघ कैलाश गाउँ कार्य समिति तथा नेपाल मगर मजुवा गुठीकाे व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयाेजना गरेर मगर दिवस मनाइएको हो।
मगर संघ कैलाश गाउँ समितिका अध्यक्ष तुलराज दर्लामी मगरकाे सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानकाे प्रमुख आतिथ्यतामा कार्यक्रम मनाइएको हो। उक्त अवसरमा गाउँपालिकाले वाद्यबाधक सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएकाे अध्यक्ष मोक्तानले बताएका छन् ।
कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जाेगाउनु स्थानीय सरकारकाे दायित्व रहेकाे बताएका छन्। पञ्चेबाजा तालिममा युवा पुस्ताकाे सहभागीताले पुस्ता हस्तान्तरणकाे अभ्यास रहेकाे प्रति सङ्घलाई धन्यवाद दिँदै तीन पुस्ताले एकैपटक बाजा बजाउँदा आफुलाई गर्व लागेकाे अध्यक्ष मुक्तानले बताए । कार्यक्रम पालिका उपाध्यक्ष बालकुमार मल्लले मगरबाजा बजाउन बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई राेक्न पञ्चेबाजाका सामाग्रीहरु प्रदान गरेर गाउँमै बाजा बजाउने व्यवस्थापन गरिएको बताए ।
कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले आफू तामाङ समुदायको भए पनि मगर समुदायको कला संस्कृति, रहन सहन मनपर्छ । मगरकाे उद्गम स्थल पश्चिमका पहाडी जिल्ला हुन तर अहिले देशका विभिन्न भागमा मगर समुदायको विस्तार भएको छ । मिश्रित रुपमा बसाेबास हुँदै अहिले सबै सङ्ग मिलेर बसाेबास गरिरहेकाे अवस्था रहेकाे वडाध्यक्ष घिसिङले बताए । मगर समुदायको मुख्य पर्व माघे सङ्क्रान्ति हाे भने हामीले मान्ने भनेकाे फागुन १५ काे दिवसलाइ भव्य मनाउने गरेकाे सङ्घका अध्यक्ष तुलराज दर्लामीले बताए । भाषा र लिपी ओझेलमा परेकाे अवस्था रहेछ, भाषा संरक्षणमा सबै क्षेत्र लाग्नुपर्ने बताए । हामी हिन्दु भन्दा पनि बाैद्घ धर्मावलम्बी रहेकाे ईतिहास समेत रहेकाे उनले बताए।कार्यक्रममा कैलाश वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास सिमितका संयाेजक राजेन्द्र घिसिङ, मगर सङ्घ जिल्ला सदस्य खड्गबहादुर रुचालमगर, आादिबासी जनजाति महासङ्घ मकवानपुरका सहसचिव तीलकबहादुर आलेमगर, वडा नम्बर ६का वडा सदस्य शम्भु अर्याल र जीतबहादुर थिङ, मगर सङ्घका गाउँसमितिका सल्लाहकार प्रेमबहादुर रानामगर, नेपाली काङ्ग्रेसका वडा ६ सभापति कृष्णबहादुर माेक्तान, नेकपा माओवादी केन्द्रका पालिका सचिव सुरेश घिमिरे, मगर सङ्घ गाउँ समितिका सचिव केशव थापामगर बाजा प्रशिक्षक महेन्द्र नेपाली लगायतकाे आतिथ्यता रहेकाे थियो ।
कार्यक्रममा ओम नमाे बुद्ध मगर नाैमति बाजा समूहकाे प्रस्तुति रहनुका साथै स्थानीय कलाकारहरु मगर नृत्य प्रदर्शनी गरिएको थियो । साेहि अवसरमा गाउँपालिकाकाे आर्थिक सहयोगमा ॐ नवाेबुद्ध नाैमति बाजा समूहलाई हार्माेनियम १ थान, किवाेर्ड १ थान, टाेपी २० थान, गितार १ थान, टेम्पाे १ थान, ढाेलक १ थान, बाँसुरी २ थान, मजिरा १ थान, मादल २ थान, सानाे मगर ड्रेस १ थान, घलेक २० थान, नरसिंहा ४ थान, सनई २ थान, नाैमति ड्रेस २३ थान, क्याप २३ थान, खैजेडी २ थान लगायतकाे सामाग्री प्रदान गरिएको थियाे । गाउँपालिकाकाे आयाेजनामा मगर समुदायका युवा पुस्तालाई समेट्दै १ महिने पञ्चेबाजा तालिम प्रदान गरिएको थियाे । तालिममा सहभागीहरुलाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियाे ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















