Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

सडकमा सेटव्याक कायम नगरी पूर्वाधार नबाउन कैलाश गाउँपालिकाको आग्रह

Screenshot_20250310_12244-1741588789.jpg

२६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र रहेका सडक सञ्जाल अन्तरगत सडक क्षेत्राधिकार भित्र सेट व्याक कायम नगरी कुनै पनि घर, टहरा नबाउन गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले सुचना जारी गर्दै सेटव्याक कायम नगरी घर टहराजस्ता संरचना निर्माण देखिन आएकाले यस्तो कार्य रोक्न आग्रह गरेको हो । 
गाउँपालिकाको स्वीकृत सडक यातायात गुरु योजना(एमटिएमपी) तथा वस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड, २०८० बमोजिम उक्त निर्माण कार्य रोक्न लगाइएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । मापदण्डमा सडक क्षेत्रबाट दायाँबायाँ ३/३ मिटरको सेट व्याक कायम रहेकोले सोही अनुरुप क्षेत्र छुट्याएर निर्माण कार्य गर्नुपर्ने अध्यक्ष मुक्तानले बताए ।
कैलाशको चुनिया-नामटार-कालिकाटार सडक अन्तरगत भाल्टार, कमलटार, क्रिश्चियन चोक, बेतेघारी घुमाउने, टकुवा, च्याखेटार कालिकाटार हुँदै फास्टार, सुकुभञ्ज्याङ तथा भार्ता लगायत गाउँपालिकाका मुख्य सडक क्षेत्रमा उक्त मापदण्ड लागु हुने प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले बताए । गाउँपालिकाले मापदण्ड तय गरेको छ सोही अनुरुप नागरिकले मापदण्ड पालना गर्नुपर्ने उनको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार