Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति

Screenshot_20250320_06284-1742431462.jpg

७ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बुधबार आव २०८१/८२ को अर्धवार्षिक समीक्षा भएको छ । 
समीक्षा कार्यक्रममा प्रस्तुत भएको विवरण अनुरुप गाउँपालिकाले फागुन मसान्त सम्ममा गाउँपालिकाको  चालुतर्फ ४२.६ प्रतिशत वित्तीय प्रगति भएको छ । चालुतर्फ ३३ करोड २२ लाख ६६ हजार ३४० रुपैयाँ बजेट मध्ये ४२.६ प्रतिशत बजेट खर्च भएको गाउँपालिका आर्थिक प्रशासन शाखा प्रमुख नवीन धितालले बताए । पुजीँगततर्फ भने १३.९८ प्रतिशत खर्च भएको उनले बताएका छन् । 
प्रदेश कार्यक्रमबाट प्राप्त अनुदानमा  २४.४९ प्रतिशत खर्च भएको बताउँदै संघीय सरकारको तर्फ भने ४०.६२ प्रतिशत रकम खर्च भएको धितालले बताए । गाउँपालिकाले वडागत आम्दानीमा १९ लाख ४२ हजार ४६९ रुपैयाँ राजश्व संकलन गरिनुका साथै गाउँपालिकाले तोकिएको विभिन्न राजश्व शीर्षकमा  हालसम्म प्रदेशलाई छुट्याएर ७४ लाख ८८ हजार ५०२ रुपैयाँ राजश्व संकलन भएको राजश्व शाखा प्रमुख विक्रम थिङले बताए । 
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरुले प्रगति विवरण प्रस्तुत गरिनुका साथै समस्या र चुनौतिहरुबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । गाउँपालिकाको एक सय ३८ वटा योजना छन् । केही वडाले सतप्रतिशत योजना सम्झौता गरेता पनि केही वडाले योजना सम्झौता गर्न बाकीँ रहेको योजना तथा अनुगमन शाखा प्रमुख नरेन्द्र दत्त भट्टले बताए । 'हामीले केही योजना अनुगमन गरिसकेका छौ, बाकीँ चाडैँ गर्नेछौं',-भट्टले भने ।  
गाउँपालिकाको शैक्षिक सूचकहरुको अवस्था, बाल विकास केन्द्र, विद्यालय, शिक्षक र विद्यार्थीको अवस्थाबारे शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले प्रस्तुत गरेका थिए । उनले समग्रमा संघीयतर्फ ४३.७४ प्रतिशत, प्रदेश तर्फको ५३.८४ प्रतिशत र स्थानीय स्रोततर्फ ४५.७७ प्रतिशत वित्तीय प्रगति भएको प्रमुख जोशीले बताए ।  
त्यस्तै, संघीय कार्यक्रम अन्तरगत एक हजार ४८ जना किसानलाई किसान सूचिकरण कार्यक्रममा समावेश गरिएको कृषि तथा पशु विकास शाखा प्रमुख राहुल सेञ्चुरीले बताए । शाखाबाट बेमौसमी खेती,फलफूल खेती, मौरी पालन कृषक समूह बैठक, तरकारी प्रवद्र्धन कार्यक्रम, अर्गानिक खेती कार्यक्रम,  गोठखोर सुधार कार्यक्रम जस्ता कार्यक्रमहरु कार्यान्वयन भइरहेको उनले बताए । स्वास्थ्य सँग जोडिएका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनुका साथै औषधि खरिद तथा वितरण, विपन्न नागरिक सहयोग कार्यक्रम, सुत्केरी कार्यक्रमलाई सञ्चालन भइरहेको स्वास्थ्य शाखाले जनाएको छ । 
पालिकाले सञ्चालनमा ल्याएको चेली प्रोत्साहन कार्यक्रम, जेष्ठ नागरिक सँग जनप्रतिनिधि, आमाबुबा विहिन बालबालिका संरक्षण कार्यक्रा, घरेलु हिंसा, किशोरी कार्यक्रमहरु कार्यान्वयन भइरहेको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाले बताईन् । पलिकामा ज्याला मजदुरी, झैझगडा, छरछिमेकीको साँध लगायत अन्य विषयका न्यायिक समितिमा दर्ता भएको न्यायिक सहजकर्ता अस्मिता थापाले बताईन् । शाखाबाट मेलमिलापकर्तालाई पुर्नतार्जगी तालिम कार्यक्रम समेत गरेको उनले बताईन् । कार्यक्रममा पूर्वाधार विकास शाखा प्रमुख ईन्जिनियर अनिल प्रसाद जोशीले तीन तहकै योजनाहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए भने प्रशासन प्रमुख ज्वाला कुमारी स्याङ्तानले पालिकाभित्र रहेका कर्मचारीहरुको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिईन् । त्यस्तै, उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले शाखाले गरेको कार्यक्रम र गर्न पर्ने बाकीँ कार्यक्रमहरु बारे प्रस्तुतीकरण गरेकी थिईन् । 
शाखाका प्रगति प्रतिवेदन प्रस्तुत पश्चात गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले योजनालाई कार्यान्वयन गर्न कानून आवश्यक पर्छ, कानूनलाई चाहीँ समयमै निर्माण गरिनुपर्ने बताए । पालिकाले तय गरेको निर्देश अनुरुप कर्मचारीले नियम पालना गरिनुपर्ने अध्यक्ष मुक्तानले बताए । 'हामीले समयसीमा भित्र कार्यसम्पादन गर्दा संघीय र प्रदेशबाट प्राप्त हुने अनुदान वृद्धि हुने हुनाले त्यसतर्फ ध्यान दिनुपर्छ',- अध्यक्ष मुक्तानले भने । 
कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले काम र योजनालाई कार्यान्वयन गर्न सम्बन्धित शाखाले ध्यान दिनुपर्ने बताउँदै अनुगमन र न्यायिक समितिको काममा आफु सधैँ तत्पर रहेको बताए । शाखाका समस्या भए आवश्यक छलफल गरेर मात्र समाधान गर्नतर्फ जानुपर्नेमा उनले जोड दिए । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष तेजबहादुर ब्लोन, वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ४ का वडाध्यक्ष तीलककुमार मोक्तान, ७ का वडाध्यक्ष उदास सिं भोलन, ८ का वडाध्यक्ष आषिश प्रजा, ९ का वडाध्यक्ष भूवन सिं घलान, १० का वडाध्यक्ष सुर्यबहादुर भ्लोन लगायत कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...

नागरिक अगुवा पाण्डेको निधन
pandey_E6KTKpXFW0-1784337079.jpg

२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।  पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784336513.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
35442-1784302926.jpg

१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...

थप समाचार