८ चैत, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले सञ्चालन गर्दै आएको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७ जना किसान तथा उद्यमीले सम्झौता गरेका छन् । विहीबार गाउँपालिकामा एक अन्तरक्रिया कार्यक्रम मार्फत छनोटमा परेका ७ जनाले उक्त कार्यक्रममा सम्झौता गरेका हुन् ।
गाउँपालिकाले कार्यविधि तयारी पारेर व्यवसाय र उद्यमीका साथै कृषि तथा पशु पालन क्षेत्रमा विउपुजीँ अनुदान स्वरुप विपन्नसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् ।कार्यविधिमा तोकिएको अनुदान हामी प्रदान गर्नेछौं, दीर्घकालीन रुपमा आर्थिक पक्ष बलियो होस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौं, अध्यक्ष मुक्तानले भने।
उनले अनुदानलाई सदुपयोग गरेर व्यवसाय वृद्धि विकास गर्नेलाई गाउँपालिकाले सम्मान समेत गर्ने बताउँदै लाभान्वितहरुलाई आउटपुट आउने गरी काम गर्न आग्रह समेत गरेका छन् । कार्यविधिमा व्यवसाय मात्र नभई विपन्न वर्गलाई उपचार, काजक्रिया लगायत अन्य क्षेत्रमा समेत सहयोग पु¥याउने गरेको अध्यक्ष मुक्तानले बताए ।
१६ जनाले आवेदन दिनुभएकोमा कार्यविधिको मापदण्ड अनुसार ७ जना छनौट गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाले उल्लेख गरिन् । छनौटमा परेका मध्ये २ जना मौरी पालन, २ जना टनेलभित्र तरकारी खेती, एक÷एक जना किराना, टेलर्स र कुटानी पिसानी मिलको लागि सम्झौता गरिएको जनाइएको छ। २०८० मा १७ जनाले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । विउपुजीँको लागि कार्यविधिमा उल्लेख बमोजिम छनौट भएका प्रतिव्यक्ति वीस हजार अनुदान स्वरुप प्रदान गरिने गरेको सापकोटाले बताईन् ।
सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तान, प्रमुख प्रशासकीय प्रमुख अमुल श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा लगायत लाभग्राहीहरुको उपस्थिती रहेको थियो । सम्झौता पश्चात लाभग्राहीले कार्यविधिमा भए बमोजिम आफुले कार्यान्वयन गरिने बताएका छन् । आफ्नो व्यवसाय वृद्धिका साथै आर्थिक पक्षलाई समेत वृद्धि हुनेगरि काम गरिने जनाइएको छ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















