८ चैत, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले सञ्चालन गर्दै आएको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७ जना किसान तथा उद्यमीले सम्झौता गरेका छन् । विहीबार गाउँपालिकामा एक अन्तरक्रिया कार्यक्रम मार्फत छनोटमा परेका ७ जनाले उक्त कार्यक्रममा सम्झौता गरेका हुन् ।
गाउँपालिकाले कार्यविधि तयारी पारेर व्यवसाय र उद्यमीका साथै कृषि तथा पशु पालन क्षेत्रमा विउपुजीँ अनुदान स्वरुप विपन्नसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् ।कार्यविधिमा तोकिएको अनुदान हामी प्रदान गर्नेछौं, दीर्घकालीन रुपमा आर्थिक पक्ष बलियो होस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौं, अध्यक्ष मुक्तानले भने।
उनले अनुदानलाई सदुपयोग गरेर व्यवसाय वृद्धि विकास गर्नेलाई गाउँपालिकाले सम्मान समेत गर्ने बताउँदै लाभान्वितहरुलाई आउटपुट आउने गरी काम गर्न आग्रह समेत गरेका छन् । कार्यविधिमा व्यवसाय मात्र नभई विपन्न वर्गलाई उपचार, काजक्रिया लगायत अन्य क्षेत्रमा समेत सहयोग पु¥याउने गरेको अध्यक्ष मुक्तानले बताए ।
१६ जनाले आवेदन दिनुभएकोमा कार्यविधिको मापदण्ड अनुसार ७ जना छनौट गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाले उल्लेख गरिन् । छनौटमा परेका मध्ये २ जना मौरी पालन, २ जना टनेलभित्र तरकारी खेती, एक÷एक जना किराना, टेलर्स र कुटानी पिसानी मिलको लागि सम्झौता गरिएको जनाइएको छ। २०८० मा १७ जनाले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । विउपुजीँको लागि कार्यविधिमा उल्लेख बमोजिम छनौट भएका प्रतिव्यक्ति वीस हजार अनुदान स्वरुप प्रदान गरिने गरेको सापकोटाले बताईन् ।
सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तान, प्रमुख प्रशासकीय प्रमुख अमुल श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा लगायत लाभग्राहीहरुको उपस्थिती रहेको थियो । सम्झौता पश्चात लाभग्राहीले कार्यविधिमा भए बमोजिम आफुले कार्यान्वयन गरिने बताएका छन् । आफ्नो व्यवसाय वृद्धिका साथै आर्थिक पक्षलाई समेत वृद्धि हुनेगरि काम गरिने जनाइएको छ।
१२ बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द रहने भएको छ। लोकपथ...
१२ बैशाख, चौतारा । सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।शुक्रबार बिहान सिन्धुपाल्चोकको फुल्पिङकोट...
१२ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो...
१२ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका वडा तहमा रहेका स्वास्थ्य संस्थाहरुले पूर्ण खोप सुनिश्चिताको...
१२ बैशाख, हेटौंडा । बिहीबार राती मकवानपुरको मनहरीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको...
१२ बैशाख, हेटौंडा । संघीय संसदको बजेट अधिवेशन आजबाट शुरु हुँदै छ । बैठक दिउँसो १ बजेको लागि बोलाइएको हो । बैठकमा...
१२ बैशाख, हेटौंडा । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
११ बैशाख, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न...
११ बैशाख, हेटौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीको...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
११ बैशाख, हेटौंडा । बुधबार राति हेटौडा ११ मा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुई मध्ये एक जनाको मृत्यु...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको...
२ बैशाख, हेटौंडा । प्रतिभा नाम गरेको फुरनदानामा मरेको माउसुली फेला परेको छ । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर...