१८चैत,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ । सोमबार विहान भएको फाइनल खेलमा वडा नम्बर ३ लाई २५-१४, २३-२५, २५-१६, २५-२३ को सेटमा पराजित गरेको हो । घरेलु मैदानमा वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ५ ले नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उप विजेता बनेको वडा नम्बर ३ ले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमीफाइनल खेलमा वडा ५ ले वडा २ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने वडा नम्बर ३ ले १० नम्बरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी वडा ५ का धिरज लो घोषित भए भने उदयीमान खेलाडीमा वडा ४ का नमराज मोक्तान घोषित भए । त्यस्तै, उत्कृष्ट स्पाइकरमा वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डरमा वडा ५ का विजय तितुङ, उत्कृष्ट सेटरमा वडा ३ का बालचन्द्र मल्ल, उत्कृष्ट ब्लकरमा वडा ५ का वीरबहादुर वाईवा र उत्कृष्ट प्रशिक्षक वडा ५ का गोविन्द वाईवा घोषित भए । विधागत विजेताहरुलाई ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो ।
खेलकुद विकास समितिका संयोजक मोहन वाईवाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो । विजेता टोलीलाई उपाध्यक्ष मल्लले ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष छेकु लामा, वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, समाजसेवी नरेन्द्र रिजाल लगायतको आतिथ्यता रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















