Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा घरेलु र लैङ्गिक हिंसा न्यूनिकरणबारे सचेतना

Screenshot_20250402_20022-1743603529.jpg

२० चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कुमलटारमा घरेलु हिंसा सामाजिक विभेद तथा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ।

बुधबार लालित्य सेवा प्रतिष्ठानको आयोजना तथा गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।प्रतिष्ठानका अध्यक्ष मुनाकुमारी पाठकको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष मुक्तानले घरपरिवार, समूदाय र समाजमा विभिन्न खाले हिंसाहरु हुने गर्दछ, तर हिंसा कस्तो खालको हो, ती सम्पूर्ण हिंसाबारे जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम गरिएको बताए । हिंसा पश्चात हुने त्यसको कानूनी उपचार केके छन् भन्ने बारे यस तालिमबाट प्रष्ट हुने बताए ।  
वडा तहमा मेलमिलापकर्ता रहेका छन् भने गाउँपालिकामा न्यायिक समिति पनि रहेको अवस्था छ । समाजमा हुने हिंसाका कानूनी उपचारहरु ती ठाउँमा बसेर अघि बढ्न सकिने अध्यक्ष मुक्तानले बताए ।  कानूनी पक्षहरु बारे जानकारी लिएर गाउँठाउँमा हुने घटनाहरुमा यहाँहरुले पनि घटनाको प्रकृति हेरेर कानूनी उपचारको बाटो देखाउनुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा, कार्यक्रमका प्रशिक्षक अधिवक्ता पम्फा पुरी, शाान्तिश्रृजना आधारभूत प्राविका अध्यक्ष कमल अर्याल, विद्यालयका प्रअ मोहनलाल शिवाकोटी, देवी प्राविका अध्यक्ष जनक लोप्चन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा किशोरी र महिलाहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार