Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा सुरक्षित मातृत्व सम्बन्धी अन्तरक्रिया

Screenshot_20250411_07270-1744335908.jpg

२९ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा वडा अध्यक्ष, वडा सदस्य, तथा वडास्तरका सरोकारवालाहरुको उपस्थितीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सुनिश्चिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कार्यालयका प्रमुख कृष्णबहादुर मिजारको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा कार्यालय प्रमुख मिजारले नेपालमा मातृत्व स्वास्थ्यको अवस्थाका साथै सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्यबारे मकवानपुर र कैलाश गाउँपालिकाको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तरक्रियामा  मातृ स्वास्थ्यको अवस्था, मातृ स्वास्थ्य सम्बन्धी नीति नियमहरु, पूर्ण संस्थागत सुत्केरी आयोजना, आयोजना सञ्चालन हुने क्षेत्रहरु, क्रियाकलापहरुको विवरणका साथै मापदण्ड तथा प्रक्रियाहरुबारे प्रष्ट्याएका थिए । उनले जिल्लागत र कैलाश गाउँपालिकाको महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै कैलाश गाउँपालिकामा गर्भजाँच गतवर्ष १०८.५७ प्रतिशत रहेको र चालु आवको फागुन मसान्तसम्म ८१.२१ प्रतिशत रहेको प्रमुख मिजारले बताए । उनले १२ हप्तामा हुने गर्भजाँचमा पालिकामा चालु आवमा ६०.८६ प्रतिशत र गतवर्षमा ९९.२२ प्रतिशत रहेको समेत बताए । 
स्वास्थ्य संस्थामा सुत्केरी गराउने संख्या घट्दै रहेको बताउँदै प्रमुख मिजारले कैलाशमा फागुन सम्ममा ४२.७४ प्रतिशत र गतवर्ष ४९.९ प्रतिशत रहेको बताए । यहाँ होमडेलिभरीको संख्या बढ्दो छ । जिल्लामा होमडेलीभरीको संख्या १०४ जना रहेकोमा कैलाशमा मात्रै होमडेलिभरीको संख्या ४४ जना रहेको प्रमुख मिजारले भने । गाउँपालिकामा सुत्केरी पश्चातको जाँच ४७.८७ प्रतिशत रहेको छ यसलाई बढाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । उनले यहाँहरुको साथ र सहयोगले कार्यसम्पादन गर्न सहजता रहने भएकाले जनस्वास्थ्य कार्यालयले जुनसुकै बेलापनि सहयोग प्रदान गरिने उनले बताए ।  
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले सुत्केरी र पोषण लगायत कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं, हामीलाई भौगोलिक दृष्टिले र यहाँको शिक्षाको कमीले पनि होमडेलिभरीको संख्या जुन बढी छ त्यसलाई कम गर्न गाउँपालिकाले आवश्यक समन्वय गरी काम गर्नेछौं, अध्यक्ष मुक्तानले भने । वडा नम्बर ७ मा बढी सुत्केरी घरमै हुनाले कैलाशमा होमडेलिभरीको संख्या बढि भएको देखिन्छ, हामीले दीगो विकास लक्ष्य २०३० अनुरुप काम गर्नुपर्छ पनि त्यसमा पनि गाउँपालिकाले स्वास्थ्य र शिक्षाका सूचकहरु पुरा गर्दै आइरहेको समेत बताए । 
 गाउँपालिकाले सरसफाइ र स्वास्थ्यसँग जोडेर शौचालय कार्डको सुरुवात गरेका छौं । आफु स्वस्थ रहन पत्रु खानाका साथै चिसो र चिसोजन्य पदार्थ प्रयोग नगर्न अध्यक्ष मुक्तानले आग्रह गरेका छन् । जुनबाट कालान्तरमा सुगर र किड्नीमा ठुलो असर पर्ने बताए । स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर सञ्चालन गरेका छौं केही वडामा वर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने देखिन्छ पनि त्यसको लागि आवश्यक तयारी रहेको अध्यक्ष मुक्तानले बताए । 
सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्ने उपाध्यक्ष बालकुमार मल्लले जोड दिए । घरमा सुत्केरी गराउने संख्या बढिरहेकाले त्यसतर्फ हाम्रो ध्यानाकर्षण समेत भएको छ । वडातहमा रहेका स्वास्थ्यकर्मीहरुले होमडेलिभरी गर्दा हुने बेफाइदा र त्यसको प्रभावबारे जनचेतना फैलाउनु पर्ने बताए । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादव, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगर लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, वडातहमा रहेको स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।  

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार