४ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा कृषकलाई हाते ट्याक्टर र उन्नत जातको मकैको बिउ वितरण गरिएको छ।
गाउँपालिकाले बिहीबार पालिकामा अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बाल कुमार मल्ल ठकुरीले कृषक समूहललाई हाते ट्याक्टर र मकैको बिउ विवरण गरेका हुन् ।
गाउँपालिकाले तय गरेको मकैवाली प्रवद्र्धन कार्यक्रम अन्तरगत चार थान हाते ट्याक्टर र तीस किलो मकैको विउ विवरण गरेको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताएका छन् । पालिकाले कैलाश ३ को अम्बाटार कृषक समूहलाई चार थान ट्याक्टर, ३० किलो मकैको वीउ र दुई थान विद्युतीय घट्ट मिल प्रदान गरेको समूहका अध्यक्ष विश्व विक्रम मल्लले बताएका छन्।
चार लाख बजेटमा कृषि तथा पशु विकास शाखाले २ लाख बजेट विनियोजन गरेको र २ लाख रकम कृषकको परेको कृषि शाखाले जनाएको छ । चार वटै ट्याक्टर मिनिटिलर सात एचपी डिजल इन्जिन रहेको छ भने विद्युतीय घट्ट मिल रहेको कृषि तथा पशुविकास शाखाका प्राविधिक सन्दीप कुशहवाले बताएका छन् । हस्तान्तरण कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, कृषि तथा पशु विकास शाखाका प्राविधिक र कृषकहरुको उपस्थिती रहेको थियो ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















