Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको नामटारमा सुरु भयो ३३ दिने व्युटिसियन तालिम

FB_IMG_1745336348575-1745336367.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको  वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको संचालन भएको छ । मंगलबार एक कार्यक्रमका बीच तालिमको सुरु गरिएको हो । 

मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान तथा वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानले संयुक्त रुपमा  तालिमको उद्घाटन गरेका छन्  । तालिम उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले कैलाशमा पहिलो पटक यो तालिमको सञ्चालन गरिएको बताए । धेरै कार्यक्रम मध्ये महिलाका लागि यस तालिम लाभदायी रहनेछ, आयआर्जन सँग जोडेर सीप सिक्दा व्यक्तिगत  र व्यवसायिक पाटोमा समेत सहजता रहन्छ, अध्यक्ष मुक्तानले भने । 
उद्यमशील बन्छु भनेर तालिममा आउनु भएको छ भने सिकेको सीपलाई कायान्वर्यन गर्न सहभागीहरुलाई आग्रह गरे ।  मेकअप तालिम व्यक्तिगत र व्यवसायिक रुपमा आवश्यक तालिम रहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताएका छन् ।
यता वडाध्यक्ष घलानले सीप सिकाई पछि पार्लर खोलेर सेवा प्रदान गर्न सबैलाई  आग्रह गरेका छन् ।
यस अघि पनि डल, कुसन, झोला, जुत्ता बनाउने तालिम सञ्चालन गरि महिलाहरुको आर्थिक पक्षलाई बलियो बनाउने कार्य भएको उनले बताए । 
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाश गाउँपालिकाको साझेदारीमा आयोजित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत ३३ दिने व्यूटिसियन तथा मेकअप तालिम कार्यक्रममा हिमगंगा ग्रामीण विकास केन्द्र काठमाडौंका अध्यक्ष इन्दिरा न्यौपाने, वडा ९ का सचिव पुजा बल्लभ, गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, मेकअप तालिका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । 
तालिममा १८ जना गृहिणी तथा किशोरीहरुको सहभागिता रहेको छ । तालिम अवधिमा दुलही श्रृङ्गार, सामान्य देखी एडभान्स सम्मको मेकअपको तालिम प्रदान गरिने जनाइएको छ ।  
सोही कार्यक्रम अन्तरगत सीपमूल उद्यमशिलता तथा १५ दिने ह्याण्डीक्राफ्ट बनाउने तालिमको मंगलबार समापन भएको छ । गत चैत्र २५ गते देखी सुरु भएको तालिम कैलाश १० कुमलटारमा सञ्चालन भएको थियो । २० जनाको सहभागिता रहेको तालिमलाई जनजागरण नेपालले आयोजना गरेको हो । संस्थाका अध्यक्ष लक्ष्मी गोलेको अध्यक्षता तथा गाउँपालिका  अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । कार्यक्रममा  सिकेको सीपलाई कार्यान्वयन गर्न अध्यक्ष मुक्तानले सहभागिहरुलाई आग्रह गरेका छन् । सीप सिकेपछि आफु स्वंम व्यक्तिमा पनि परिवर्तन हुनुका साथै आर्थिक पक्षमा पनि सहजता हुने उनले बताए । समूह दर्ताको प्रक्रिया बढाउनु भएको रहेछ, अब आगामी दिनमा समूहमा रहेर उद्यम गर्न आवश्यक साथ सहयोग गाउँपालिकाले गर्नेछ, अध्यक्ष मुक्तानले भने । 
समापन कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, तालिमका प्रशिक्षक सुशीला राई र नानीमाया विष्ट, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो । 
कुरुष छुन र देख्न समेत पाएका थिएनौं, अहिले सीप सिक्ने क्रममा कुरुषबाटै  विभिन्न वस्तु तयार पार्न सक्ने भएका छौं, एक सहभागिले भनिन् । तालिमलाई अझै एडभान्स रुपमा लिन पाए उद्यम गरेर व्यवसायिक  बन्न सक्ने सहभागि तीर्थकुमारी मुक्तानले बताईन् । तालिम अवधिभर  गलबन्दी, रोज, झोला, किरिङ, टोपी, लेबन्टु लगायतका वस्तुहरु बनाउने सीप प्रदान गरिएको जनजागरण नेपालका अध्यक्ष गोलेले बताईन् । सोही अवधि हामीले उद्यमशीलता सम्बन्धी पनि तालिम प्रदान गरिएको उनले बताईन् ।

*फोटो अन्यथा परेकोले सच्चाएका छौ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार