९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको संचालन भएको छ । मंगलबार एक कार्यक्रमका बीच तालिमको सुरु गरिएको हो ।
मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान तथा वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानले संयुक्त रुपमा तालिमको उद्घाटन गरेका छन् । तालिम उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले कैलाशमा पहिलो पटक यो तालिमको सञ्चालन गरिएको बताए । धेरै कार्यक्रम मध्ये महिलाका लागि यस तालिम लाभदायी रहनेछ, आयआर्जन सँग जोडेर सीप सिक्दा व्यक्तिगत र व्यवसायिक पाटोमा समेत सहजता रहन्छ, अध्यक्ष मुक्तानले भने ।
उद्यमशील बन्छु भनेर तालिममा आउनु भएको छ भने सिकेको सीपलाई कायान्वर्यन गर्न सहभागीहरुलाई आग्रह गरे । मेकअप तालिम व्यक्तिगत र व्यवसायिक रुपमा आवश्यक तालिम रहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताएका छन् ।
यता वडाध्यक्ष घलानले सीप सिकाई पछि पार्लर खोलेर सेवा प्रदान गर्न सबैलाई आग्रह गरेका छन् ।
यस अघि पनि डल, कुसन, झोला, जुत्ता बनाउने तालिम सञ्चालन गरि महिलाहरुको आर्थिक पक्षलाई बलियो बनाउने कार्य भएको उनले बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाश गाउँपालिकाको साझेदारीमा आयोजित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत ३३ दिने व्यूटिसियन तथा मेकअप तालिम कार्यक्रममा हिमगंगा ग्रामीण विकास केन्द्र काठमाडौंका अध्यक्ष इन्दिरा न्यौपाने, वडा ९ का सचिव पुजा बल्लभ, गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, मेकअप तालिका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
तालिममा १८ जना गृहिणी तथा किशोरीहरुको सहभागिता रहेको छ । तालिम अवधिमा दुलही श्रृङ्गार, सामान्य देखी एडभान्स सम्मको मेकअपको तालिम प्रदान गरिने जनाइएको छ ।
सोही कार्यक्रम अन्तरगत सीपमूल उद्यमशिलता तथा १५ दिने ह्याण्डीक्राफ्ट बनाउने तालिमको मंगलबार समापन भएको छ । गत चैत्र २५ गते देखी सुरु भएको तालिम कैलाश १० कुमलटारमा सञ्चालन भएको थियो । २० जनाको सहभागिता रहेको तालिमलाई जनजागरण नेपालले आयोजना गरेको हो । संस्थाका अध्यक्ष लक्ष्मी गोलेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । कार्यक्रममा सिकेको सीपलाई कार्यान्वयन गर्न अध्यक्ष मुक्तानले सहभागिहरुलाई आग्रह गरेका छन् । सीप सिकेपछि आफु स्वंम व्यक्तिमा पनि परिवर्तन हुनुका साथै आर्थिक पक्षमा पनि सहजता हुने उनले बताए । समूह दर्ताको प्रक्रिया बढाउनु भएको रहेछ, अब आगामी दिनमा समूहमा रहेर उद्यम गर्न आवश्यक साथ सहयोग गाउँपालिकाले गर्नेछ, अध्यक्ष मुक्तानले भने ।
समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, तालिमका प्रशिक्षक सुशीला राई र नानीमाया विष्ट, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
कुरुष छुन र देख्न समेत पाएका थिएनौं, अहिले सीप सिक्ने क्रममा कुरुषबाटै विभिन्न वस्तु तयार पार्न सक्ने भएका छौं, एक सहभागिले भनिन् । तालिमलाई अझै एडभान्स रुपमा लिन पाए उद्यम गरेर व्यवसायिक बन्न सक्ने सहभागि तीर्थकुमारी मुक्तानले बताईन् । तालिम अवधिभर गलबन्दी, रोज, झोला, किरिङ, टोपी, लेबन्टु लगायतका वस्तुहरु बनाउने सीप प्रदान गरिएको जनजागरण नेपालका अध्यक्ष गोलेले बताईन् । सोही अवधि हामीले उद्यमशीलता सम्बन्धी पनि तालिम प्रदान गरिएको उनले बताईन् ।
*फोटो अन्यथा परेकोले सच्चाएका छौ।
८ जेठ, हेटौंडा। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका...
८ जेठ, हेटौंडा । थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको...
८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको...
८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर...
७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह...
७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम...
६ जेठ, हेटौंडा। नेपाल प्रहरीका ११ एसएसपी डिआइजी बढुवाको सिफारिस भएका छन्। गृह मन्त्रालयले मंगलबार ११ जना ...
६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...
६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
३१ बैशाख, हेटौंडा । सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा...
१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" ...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
३१ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–११ मा अरिंगालको आक्रमणबाट आठ जना घाइते भएका छन्। हेटौंडा ११ सहिद...