११ बैशाख, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न सम्झौता गरेको छ।
गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न वाइन टु वाटर नेपाल(डब्लुडब्लुएन)सँग सम्झौता गरेको हो ।
बिहीबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक निजन श्रेष्ठबीच पालिकाको केन्द्र कालिकाटारमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।
साझेदार संस्था वाइन टु वाटर नेपालसँग गाउँपालिकाले खानेपानी र सरसफाई तथा स्वच्छता सेवा नपुगेका समूदाय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा वास परियोजना कार्यान्वयन गरिने अध्यक्ष मुक्तानले बताएका छन्।
विपन्न, पहुँच नपुगेका, गरिक तथा उपेक्षित घरधुरीहरुलाई आधारभूत तथा मानव अभिकारको रुपमा स्थापित स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छताको पहुँचमा योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको अध्यक्ष मुक्तानले बताएका हुन् ।
तीन वर्षका लागि हामीले सम्झौता गरेका छौ, उहाँहरुले घरपरिवार, विद्यालय र स्वास्थ्य संस्थामा वास परियोजना लागू गर्नुहुनेछ, मुक्तानले भने ।
उक्त परियोजनाका लागि गाउँपालिकाले वास परियोजनाहरुको प्राथमिककता, छनौट र कार्यान्वयनको पक्षमा सहजिकरणको भूमिका खेल्नेछ।खानेपानी परियोजनाका लागि गाउँपालिकाले कूल बजेटको न्यूनतम २५ प्रतिशत साझेदारी गर्नेछ भने उक्त कार्य उपभोक्ता समिति मार्फत गराउने अध्यक्ष मुक्तानले बताए ।
कूल बजेटमा १० प्रतिशत उपभोक्ताले साझेदारी गर्ने र ६५ प्रतिशत वाईन टु वाटरले गर्ने संस्थाका कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले बताए । हाम्रो तीन वर्षको सम्झौता हो, ०८५ असार मसान्तमा सम्झौता रद्द रहन्छ, उनले बताए । सम्झौता अघि खानेपानी तथा सरसफाइ योजनाको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन माथि छलफल गरिएको थियो । अध्ययनको क्रममा १२ वटा योजनाको सम्भाव्यता अध्ययन गरिएको संस्थाका राष्ट्रिय निर्देशक निजन श्रेष्ठले बताए । आगामी आवका लागि ७ वटा योजना कार्यान्वयन गरिने गरि काम अघि बढाउने उनले बताए ।
समझदारी पत्रमा अध्यक्ष मुक्तान सहित प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, संस्थाको तर्फबाट राष्ट्रिय निर्देशक श्रेष्ठ र कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले हस्ताक्षर गरेका छन् ।
८ जेठ, हेटौंडा। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आफ्नो १२ औँ वार्षिक उत्सव बिहीबार मनाएको छ। बोर्डका...
८ जेठ, हेटौंडा । थाइल्यान्डमा भएको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटबाट ग्लोबल क्वालिफायरमा छनोट भएको...
८ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको...
८ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई केहीबेर...
७ जेठ, हेटौंडा। हेटौंडामा खाना पकाउदा खाने तेल भनेर डिजेल हाल्दा जलेर दुईजना घाइते भएका छन् । बुधबार अपरान्ह...
७ जेठ, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा ५ दिने तालिम...
६ जेठ, हेटौंडा। नेपाल प्रहरीका ११ एसएसपी डिआइजी बढुवाको सिफारिस भएका छन्। गृह मन्त्रालयले मंगलबार ११ जना ...
६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...
६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...
३ बैशाख, हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवस मनाएको छ। दिवसको अवसरमा...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
३१ बैशाख, हेटौंडा । सोलुखुम्बु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा...
१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" ...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
३१ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–११ मा अरिंगालको आक्रमणबाट आठ जना घाइते भएका छन्। हेटौंडा ११ सहिद...