Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशका शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम

IMG-20250513-WA0007_edit_-1747148330.jpg

३० बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । शुक्रबारदेखी सञ्चालित तालिम मंगलबार समापन भएको हो । 
गाउँपालिकाको आयोजनामा भएको तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकाको परिवेश भौगोलिक रूपमा विकट रहेपनि शिक्षामा क्रमिक सुधारोन्मुख अवस्था रहेको बताए । उनले यहाँका नागरिकमा चेतनाको कमी रहेको र सोही अनुरुप शिक्षकहरूले चेतना फैलाउँदै शिक्षामा सुधार ल्याउनुपर्ने बताए ।
अधिकांश निमावि र माविमा कम्प्युटर रहेको र यसको सदुपयोग गर्न र आवश्यक परे थप तालिमको व्यवस्था गर्न पालिका तयार रहेको बताए । उनले सूचना प्रविधिका साधन नरहेको विद्यालयमा गाउँपालिकाले आवश्यक समन्वय गर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष भूवनसिं घलानले गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको बताए ।
तालिममा ४३ जना विद्यालयका प्रधानाध्यापक, स्रोत शिक्षक वा आइटि फोकल शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमलाई होमबहादुर नेपाली र विवशजङ्ग थापाले सहजीकरण गरेका थिए भने विद्यालयको प्रशासनिक कार्यबारे गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख समीर जोशीले सहजिकरण गरेका थिए । 
कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको विशेष आतिथ्यता रहेको थियो । 
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दिपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा जीवनज्योति प्राविका प्रअ सीता मगर र भवानी माविका प्रअ बालचन्द्र मल्लले तालिममा सिकेको सीप, अनुभव, गुनासाका साथै आगामी दिनमा हुनुपर्ने सुधारका विषयमा आफ्नो भनाई राखेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1786413750.jpg

२६ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा उद्योग, वाणिज्य तथा...

सन्दीपको कप्तानीमा प्रिमियर कपका लागि टोली घोषणा
Screenshot_20260811_07395-1786413300.jpg

२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ
Screenshot_20260811_07273-1786412577.jpg

२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित  ४ जना पक्राउ परेका छन्...

पहिरोले पुरिँदा एक बेपत्ता, एक घाइते
pahiro-1786412039.jpg

२६ साउन, हेटौंडा । म्याग्दीमा जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786411520.jpg

२६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

प्रतिनिधिसभा बैठकमा तीनवटा विधेयक प्रस्तुत
swarnim-wagle1651660097-1786360186.jpg

२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको सोमबारको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिएको छ।  बैठकमा अर्थ, कानुन र श्रम...

प्रधानमन्त्री र चीनका राजदूतबीच भेट
769294699_282594457444436-1786359934.jpg

२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...

रवि-बालेन भेट
balen-and-rabi-1786324440.jpg

२५ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री वालेन्द्र शाह...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1786324152.jpg

२५ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार