१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" विद्यालयलाई वितरण गरिएको छ ।विहीबार गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यालयका प्रध्यानाध्यापकहरुलाई पुस्तक वितरण गरेका हुन् ।
पुस्तक वितरण गर्दै अध्यक्ष मुुक्तानले कैलाशमा रहेका कला संस्कृति, ऐतिहासिक तथा पर्यटकीय विषयवस्तु समेटिएको पुस्तकले बालबालिकामा कैलाशबारे ज्ञान रहने बताए।उक्त पुस्तकमा स्थानीय रहन सहन, जातजातीय, कला संस्कृति, परम्परा लगायत यहाँको भौगोलिक अवस्थाबारे सबै बालबालिकामा थाहा हुने गरी विज्ञबाट पुस्तक तयार पारिएको बताए ।
उनले समग्र कैलाशको शिक्षामा सुधार ल्याउनुपर्ने बताउँदै परीक्षामा धेरै कुरामा ख्याल गर्नुपर्ने बताए । कक्षा ८ को परीक्षा समीक्षा समेत रहेकाले अध्यक्ष मुक्तानले नतिजा अनुरुप शिक्षामा गुणस्तर नभएको देखिन्छ, त्यसतर्फ शिक्षाको क्वालिटीमा सुधार ल्याउन विद्यालय प्रअहरुलाई आग्रह गरेका थिए । भौगोलिक विकटा छ, विद्यार्थी र शिक्षकहरु नै आवतजावतमा समस्या छ, त्यसमा पनि विज्ञान, गणित अंग्रेजी विषयका शिक्षक अभावमै पठनपाठन गराउनुपर्ने हाम्रो बाध्यता रहेको छ, उनले भने ।
गाउँपालिकाले शिक्षामा पर्याप्त लगानी गर्दै आइरहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । विद्यार्थीहरु विद्यालयमा टिकाउन हम्मेहम्मे परिरहेको अवस्थामा पनि पालिकामा क्रमिक रुपमा शिक्षामा सुधार हुँदै आइरहेको बताए । शिक्षक अभावकै कारण कतिपय विषयगत शिक्षक बाहेकले पनि अध्यापन गराउँदै आइरहेको अवस्था छ, के गर्न भौगोलिक विकटता छ, शिक्षक आउन्न मान्दैनन्, उपाध्यक्ष मल्लले भने ।
गाउँपालिकाको १० वटा निमावि तथा मावितहका विद्यालय छन् । सोही अनुरुप कक्षा ६, ७ र ८ का विद्यार्थीका लागि हाम्रो कैलाश पुस्तक गत शैक्षिक सत्रबाट पठनपाठन सुरु भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले बताए । हामीले गतवर्षबाट सुरु गर्यौं, यसवर्ष पुस्तक पनि प्रकाशन भयो, अब विद्यार्थीले पुस्तकनै हेरेर पढ्नेछन्, जोशीले भने।गतवर्षको ईमिस प्रणालीमा दर्ता भएको तथ्याङ्कको आधारमा कक्षा ६ मा ४ सय ४१, कक्षा ७ मा ३ सय ९४ र कक्षा ८ मा ४ सय ५ जना विद्यार्थीको लागि भनी पुस्तक प्रकाशित गरिएको जोशीले बताए ।
उक्त कार्यक्रममा कक्षा ८को अन्तिम परीक्षाको समीक्षा समेत गरिएको छ । इमिस प्रणालीमा तीन सय ९८ विद्यार्थी दर्ता भएता पनि परीक्षामा तीन सय ४४ जना विद्यार्थी सहभागी रहेको शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले बताए । परीक्षामा सहभागी मध्ये एक सय ८१ जना उर्तिण भएका छन् ।उर्तिण हुनेमा ५२.६ प्रतिशत रहेको उनले बताए।परीक्षाको अन्तिम नतिजामा एनजी आउने एक सय ६३ जना रहेका छन् । ३.४० जिपिए भन्दा बढी ल्याउने विद्यार्थीको संख्या भने १५ जना रहेको अधिकारीले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दीपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्ट लगायत विद्यालयका प्रअहरुको उपस्थिती रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















