१२ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको ३ वटा वडाका करिब ९९ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको छ।
पालिकाको वडा नम्बर ३, ४ र ७ नम्बरमा बसोबास गर्ने ९९ घरधुरीलाई धुँवा रहित सुधारिएको चुलो वितरण गरिएको हो । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले चुलो हस्तान्तरण गरेका हुन् । गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट एशोसिएसनले तीन वटा वडामा घरधुरी सर्वेक्षण गरेर छनौटमा परेका ९९ घरलाई चुलो प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सुधारिएको चुलो वातावरण र स्वास्थ्यमैत्री रहने बताए । घरमा भएका साना बालबालिका र जेष्ठनागरिक आमाबाहरुको स्वास्थ्यलाई धुँवाले प्रतिकुल असर पारिरहेको अवस्थामा यी चुलोहरुले स्वास्थ्यमा सहयोग पुग्ने बताए । घरमा लगेर नराख्नुस्, लगेपछि प्रयोग पनि गर्नुस्, अध्यक्ष मुक्तानले भने । अहिले ग्याँस प्रयोगकर्ता पनि छन् तर यी क्षेत्रका धेरै स्थानमा दाउरा नै प्रयोग गर्ने गर्दछन् । अब यस चुलाले धेरै राहत पुग्ने उनले बताए ।
स्वास्थ्य र शिक्षामा सांग्रिलाले धेरै नै लगानी गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले बताए । आफ्नो मर्म र भावनालाई आत्मसात् गर्दै जून किसिमको काम गरिरहनु भएको छ, त्यसमा गाउँपालिकाले साथ सहयोग प्रदान गर्ने बताए । उनले चुलो प्रयोग गरेर सक्दो फाइदा लिन स्थानीयलाई आग्रह समेत गरे ।
सांग्रिला डेभलपमेन्ट एशोसिएसनका कार्यक्रम संयोजक मधुसदन राउतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, वडा नम्बर ४ का वडा सदस्य नमराज चेपाङ, कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख आशाकुमारी गुरुङलगायतको आतिथ्यता रहेको थियो ।
स्वास्थ्य परियोजना अन्तरगत सुधारिएको धुँवा रहित चुलो वितरण गरिएको कार्यक्रम संयोजक राउतले बताए । हामीले घरधुरी सर्वे गर्यौ, प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाएपछि प्राथमिकतामा परेर छनौट भएका ९९ घरधुरीलाई चुलो वितरण गरेका हौं, राउतले भने । उनले लाभग्राहीलाई चुलो राम्रोसँग प्रयोग गर्न आग्रह गर्नुका साथै चुलोबाट फाइदा हुनाले सक्दो उपयोग गर्नु आग्रह गरेका छन् । हामीले पाँच जना प्राविधिकलाई तालिम दिएका छौं, उनीहरुले नै चुलो जडान गर्ने समेत राउतले बताए । चुलो उपयोगले दाउराको कम प्रयोग हुनुका साथै विभिन्न रोगबाट बच्न सकिने बताए । गाउँपालिकासँगको समन्वयमा एशोसिएसनले विभिन्न स्वास्थ्य र शिक्षाका क्षेत्रमा कामहरु गर्दै आइरहेको छ ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

















