२१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्तामा सञ्चालित एक महिने सिलाई कटाई तालिमको मंगलबार समापन गरिएको छ कैलाश ८ नम्बर वडा अध्यक्ष आशिष प्रजाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो । बैशाख १६ गतेबाट सञ्चालित तालिममा १४ जना महिलाहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले गतवर्ष झैैैैैैैँ यसवर्ष पनि सिलाईको तालिम सञ्चालन गरिएको बताए । उनले ज्ञान र सीप प्रयोगमा आएन भने बिर्सिदै जाने भएका कामलाई निरन्तरता दिनेतर्फ समेत ध्यान दिन आग्रह गरेका छन् । कपडा किनेर सिलाउनको लागि मनहरी सम्म जान पर्दैन अबत्र घरमै बसेर आफ्नो सीपलाई प्रयोग गर्न अध्यक्ष मुक्तानले आग्रह गरेका थिए ।
सीप सँगै मेशिन पनि प्राप्त हुन्छ, सीपलाई निखार्दै लैजानुस्, अध्यक्ष मुक्तानले भने । सीपले आर्थिकस्तर वृद्धि हुन्छ, हाम्रो उद्देश्य पनि ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक र सामाजिक स्तर बढोस् । सीप सिकेर उद्यमी बनिन्छ, गाउँपालिकाले पनि विभिन्न वडामा आवशयकताको आधारमा तालिम प्रदान गर्दै आइरहेको अवस्थामा सीपलाई प्रयोगमा ल्याएर व्यवहारमा उर्तानुस् उनले भने ।
व्यक्तिगत वा व्यवसायिक रुपमा होस् सीपलाई आयआर्जन सँग जोडर काम गर्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले जोड दिए । जानेको बुझेको सीपलाई सदुपयोग गर्नुपर्ने र मेशिन खिया नलागोस्, घरमा बसेर काम गर्नुहोस्,उपाध्यक्ष मल्लले भने ।
एक महिने तालिम पश्चात सहभागीहरुलाई तीन दिने उद्यमशीलता तालिम प्रदान गरिएको थियो । गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत गाउँपालिकाको सहकार्यमा समाज सुधार तथा संरक्षण केन्द्रको आयोजनामा तालिम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा तालिम संयोजक इन्दिरा न्यौपाने, वडा ८का सचिव प्रकाश अर्याल, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, सिलाई तालिम प्रशिक्षक शान्ता थिङ, उद्यमशीलता तालिम प्रशिक्षक मनोजकुमार साह लगायतको आतिथ्यता रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















