२४ जेठ, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको दुई वडाको केही स्थानलाई पूर्व सरसफाइ घोषणा गरिएको छ। पालिकाको वडा नम्बर १ को केउरेनी-धुसा र वडा नम्बर ६ का पकनी क्षेत्रका समूदायलाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै वडाका समूदायहरुलाई घोषणा गरेका हुन् ।
उनले राज्यको नीति अनुरुप एक घर एक धारा भन्ने छ सोही अनुरुप साझेदारी संस्थाहरुको सहकार्यमा सरसफाई र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको कार्यलाई तीव्रता दिइएको बताएका छन् । हामीले अन्य वडाहरुमा पनि घोषणा गर्दै आइरहेका छौं, सूचकहरु पुरा भएका अन्य समूदाय घोषणाको तयारीमा समेत रहेको अध्यक्ष मुक्तानले बताएका छन्
घरघरमा सुरक्षित पानी पुर्याउने लक्ष्य हाम्रो छ, प्राथमिकताको आधारमा खानेपानीको योजनाहरु कार्यान्वयन गर्नेछौं, अध्यक्ष मुक्तानले भने । दीगो विकास लक्ष्यका लागि खानेपानी र सरसफाइको क्षेत्रमा कुनैपनि कसुर नखारी कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे।
उनले पानीका मुहानको बीमाका साथै संरक्षणका लागि गाउँपालिकाले नीति कार्यक्रम ल्याउने बताए । मुहान संरक्षणमा समूदायको ठुलो हात रहन्छ, हामीले खानेपानी बोर्ड स्थापना गरि पालिकाभर दीगो रुपमा सञ्चालन हुने मुहानको पहिचान गरि संरक्षण गरिने बताए ।
वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा केउरेनी-धुसा समूदायको घोषणा गरिएको थियो । उनले घोषणा सँगै धारा र शौचालय सरसफाईमा ध्यान दिदैँ फिल्टर प्रयोग गरेर पानीको प्रयोग गर्न आग्रह गरहेका छन् । हामी छिट्टै मिटर जडान गर्नेछौं, वडाले आगामी दिनमा आवश्यक बजेट समते राख्ने अध्यक्ष ब्लोनले भने । सरसफाईमा वडाले मात्र नभई सिंगो समूदायले पनि साथ सहयोग गरे घोषणाले सार्थकता पाउनेछ । केउरेनी-धुसा टोलमा ७८ घरधुरीमा धारा जडान गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, वडा १ का सदस्यहरु हिराबहादुर घलान, मैयामाया थिङ, सानुमाया मुक्तान, चमेली विक, वडा सचिव नितेशकुमार यादव, आरआरएनका कार्यक्रम संयोजक लिलबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
त्यस्तै, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बाको अध्यक्षतामा पकनीका बाहुनगाउँ हट्टेटोललाई घोषणा गरिएको थियो । घोषणासँगै मुहान, पाइप, धारा, ट्याङ्की संरक्षण, सरसफाइका साथै ममर्त कार्यमा पनि समूदायले चासो राख्नुपर्ने बताए । ८७ घरधुरीमा धारा सहित फिल्टर प्राप्त गरेका छन् आगामी दिनमा अर्को टोललाई यसरी नै सुरक्षित खानेपानीको लागि काम गर्ने अध्यक्ष गोम्बाले बताए । कार्यक्रममा वडा १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा ६ का सदस्यहरु शम्भु अर्याल, जीतबहादुर थिङ, पार्वती मुक्तान, क्यूकुमारी सुनार, आरआरएनका कार्यक्रम संयोजक लिलबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो । नेपाल ग्रामीण पुर्ननिर्माण संस्था(आरआरन)को सहजीकरण र डब्लुएचएचको आर्थिक सहयोगमा सञ्चालित वास परियोजना अन्तरगत सरसफाई सत्र कार्यक्रम तथा पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको आरआरएनका कार्यक्रम संयोजक कार्कीले बताए । यस अघि कैलाशका विभिन्न वडाका ७ वटा समूदायहरु घोषणा भइसकेका छन् ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



