२७ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा सरोकारवाला पक्षहरुसँग छलफल तथा सुझाव संकलन गरिएको छ।
सोमबार गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सहसचिव कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सुझाव संकलन गरिनुका साथै गाउँ शिक्षा योजना मस्यौदाको कार्यशाला गोष्ठी भएको हो ।
कार्यक्रममा बोल्दै पूर्व सहसचिव घिमिरेले विद्यालयका प्रअहरु पनि एउटा पाठ्यक्रम हुन् । यहाँहरुले नेतृत्वदायी भूमिका शिक्षकहरुले निभाउनुपर्ने बताए । आफ्नो गाउँपालिकाको विषयवस्तु र अवस्थाबारे थाहा पाउनको लागि जुन पाठ्यपुस्तक बनाएर विद्यार्थीहरुको ज्ञान क्षमता अभिवृद्धितर्फ लाग्नुभएको प्रति गाउँपालिकालाई धन्यवाद दिँदै बालबालिकाले आफ्नो पालिकाभित्रका भाषा, धर्म, संस्कृति, पर्व लगायत धार्मिक तथा पर्यटन क्षेत्रको बारे ज्ञान लिन सक्ने बताए ।
कार्यक्रममा पाठ्यपुस्तकका लेखक एंव पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले कक्षा ४ र ५ को पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रस्तुत गरेका थिए । कक्षा ४ को पुस्तकमा कैलाश गाउँपालिकाको पृष्ठभूमि, गाउँपालिकाभित्रका कला संस्कृति, चाडपर्व, जातजातीय संस्कार, प्राकृतिक वन र वातावरण, वन्यजन्तु,जीवजनावर, वनस्पति, जडिबुटी, कृषि, मसलाबाली अन्नबाली, नगदेबाली, पशुपालन, धार्मिक तथा पर्यटकीय स्थलको परिचय, कैलाशमा उत्पादनमूलक घरेलु उद्योगका विषयवस्तु समेटिएको लेखक गौतमले बताए ।
त्यस्तै कक्षा ५ मा पनि सोही विषयवस्तु समेट्दै स्थानीयस्तरमा पाइने वन्यजन्तुहरुको नाम र संरक्षण, अन्नबाली अन्तरगत मकै, गहुँ, कोदो खेती लगाउने तरिका, गाई, बाख्रा पालनको तरिकाका साथै कृषि क्षेत्र र सहकारीको विषयवस्तु पनि समेटिएको उनले बताए ।
गाउँ शिक्षा योजना मस्यौदाको विषयमा विज्ञ तोयाप्रसाद अम्मैले गाउँ शिक्षा निर्माणको आवश्यकता, औचित्य र प्रक्रियाबारे आफ्नो प्रस्तुतीकरण गरेका थिए । शिक्षा क्षेत्रको मुख्य समस्या तथा चुनौतिहरुको विश्लेषण गर्दै पालिकाको सबै अवस्थाका बालबालिकाहरुको पोषण स्याहार मनोरञ्जन सहितको प्रारम्भिक बाल शिक्षा, निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, शिक्षामा समतामूलक पहुँच पुर्याउने उद्देश्य रहनुपर्ने जनाए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्लले स्थानीय पाठ्यक्रमले सम्रग कैलाशलाई पढ्न सकिने बताए । कक्षा ६, ७ र ८ का पुस्तक यही शैक्षिक सत्रदेखी विद्यालय पुगिसकेका छन् अब ४ र ५ को तयार हुने उनले बताए । कैलाशको शैक्षिकस्तर वृद्धि गर्नुछ, सोही अनुरुप पालिकाले शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको उपाध्यक्ष मल्लले बताए ।
कार्यदलले तयार पारेको शिक्षा योजनामा सुझाव दिन उनले सबैलाई आग्रह गरेका छन् । सबैको सुझाव पश्चात मात्रै गाउँशिक्षा योजनालाई सार्थकता दिईने उनले बताए ।
कार्यक्रममा गाउँ शिक्षा योजना मस्यौदा कार्यदलका संयोजक एंव सामाजिक विकास समितिका संयोजक वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, गाउँ शिक्षा समितिका सदस्य निर्मला सिन्तान, भवानी माविका प्रअ बालचन्द्र मल्ल लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, ३ का वडाध्यक्ष देवलाल बल, ७ का वडाध्यक्ष उदासकुमार भोलन, ८ का वडाध्यक्ष आषिश प्रजा, ९ का वडाध्यक्ष भूवन सिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, कैलाश गाउँपालिकाका सामूदायिक विद्यालयका प्रअहरु, बाल क्लब सञ्जालका प्रतिनिधिहरुको आतिथ्ता रहेको थियो ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















