२ असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कोसिराङ घट्टेचौर क्षेत्रमा निर्माण भएका खानेपानीका ट्याङ्की र धाराहरुको संयुक्त अनुगमन गरिएको छ ।
आइतबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, साझेदार संस्था नेपाल ग्रामीण पुनर्निमार्ण संस्था(आरआरएन)का साझेदार निर्देशक डा. सुरेश तामाङ, कार्यक्रम व्यवस्थापक निराजन पोखरेल, कार्यक्रम संयोजक लिलबहादुर कार्की, कोसिराङ घट्टेचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष संवेश सिन्तान लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेका हुन् ।
आरआरएनद्धारा वेल्ट हंगर हिल्फे(डब्लुएचएच)को सहयोगमा सञ्चालित खानेपानी, सरसफाई तथा स्वच्छता प्रणालीको सुदृढिकरण तथा व्यवहार परिवर्तन परियोजना अनुरुप गाउँपालिकासँगको सहकार्यमा ३४ वटा धारा, एक वटा बिपिटी, २ वटा आरबिटि, एक वटा इन्टेक निर्माण गरि खानेपानी घरघरमा पुर्याइएको कार्यक्रम संयोजक लिलबहादुर कार्कीले बताएका छन् । उपभोक्ता समिति गठन गरी तीन महिनामा खानेपानी र सरसफाई सम्बन्धित काम गरिएको उनले बताए । संस्थाको १९ लाख, गाउँपालिकाको ६ लाख र उपभोक्ताको ६ लाख ४२ हजार लागतमा सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको संयोजक कार्कीले बताए ।
अनुगमन पश्चात गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाभित्र खानेपानी क्षेत्रमा काम गर्ने विभिन्न साझेदारी संस्थासँग सहकार्य गरेर खानेपानी र सरसफाइको क्षेत्रमा काम गरिने बताए । दीगो विकास लक्ष्य अनुसार सुरक्षित स्रोत, प्रयोग गरिने स्थानको उपलब्धता र आवश्यकता अनुसार पर्याप्त पानीका स्रोत भएमात्रै घरघरमा पानी लान सकिने बताउँदै हामीलाई सफा पानी भन्दा पनि सुरक्षित पानी आवश्यक पर्दछ, मानव स्वास्थ्यलाई हानी गर्ने भौतिक, जैविक र रसायनिक पदार्थ नभएको पानी हामीलाई आवश्यक हो, अध्यक्ष मुक्तानले भने ।
उनले निर्माण भएका धारा र ट्याङ्कीहरुको संरक्षण गर्ने उपभोक्ता समितिको जिम्मेवार रहेकाले मुहान दर्ताका साथै समिति पनि दर्ता गर्न आग्रह गरे । सामूहिक कार्यमा सबै लाग्नुपर्छ, सहभागितामूलक कार्यमा मिलेर काम गरे मर्मत तथा संरक्षणमा सबैको दायित्व रहन्छ । खानेपानी र सरसफाईका लागि ठुलो गुरुयोजना बनाएर साझेदारी संस्थासँग सहकार्य गरेर घरघरमा खानेपानी लगिने उनले बताए ।
स्थानीय उपभोक्ता कृष्णमाया सिन्तानले पहिले खोल्साबाट पानी बोकेर ल्याउने गरेको सुनाईन् । हामीले फोहोर पानी खाइरहेका रहेछौं, अहिले घरकै धारामा पानी खस्छ, धेरै सुविधा भयो, उनले भनिन् ।
निर्माण पश्चात यसको संरक्षण, दिगोपना, नियमित प्रयोगका साथै स्वच्छता र सरसफाईमा ध्यान दिनुपर्ने साझेदारी निर्देशक डा. सुरेश तामाङले बताए । विदेशी संस्था र राज्यको लगानी परेको पनि मुहानदेखी पाइप र धारासम्मको संरचनामा विशेष ध्यान दिन आग्रह गरेका छन् । राज्यको नीति नै एक घर एक धारा रहेको छ, खानेपानी मात्र आएर हुन्न, सफा र सुरक्षित पानी आउनुपर्ने र उपभोक्ताले उपभोग गर्नुपर्ने उनले बताए । अनुगमनसँगै स्थानीय उपभोक्तासँग खानेपानी, सरसफाई र स्वच्छताको विषयमा छलफल गरिएको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















