२८ साउन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा गरेको छ ।
मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रममा गाउँपालिकाले ७९.६९ प्रतिशत पुजीँगत खर्च गरेको भने चालुतर्फ ८२.४९ प्रतिशत खर्चप्रगति भएको कार्यपत्र प्रस्तुत गरिएको छ ।
५१ करोड ६६ लाख ४० हजार रुपैयाँ मध्ये ८१.४७ प्रतिशत रकम खर्च प्रगति भएको आर्थिक प्रशासन प्रमुख नवीन धितालले बताए । उनका अनुसार संघीय कार्यक्रमबाट प्राप्त शर्सत, समानीकरण,समपूरक र राजश्व बाडफाँडबाट प्राप्त हुने रकममा ८६.५८ प्रतिशत खर्च प्रगति भएको बताएका छन् । त्यस्तै प्रदेश कार्यक्रमबाट प्राप्त भएका विभिन्न अनुदान रकममध्ये ९४.२९ प्रतिशत खर्च भएको प्रमुख धितालले बताए ।
कैलाशका १० वटा वडामध्ये वडागत कार्यक्रम र खर्च प्रगतिमा वडा नम्बर १ ले ६८.४७ प्रतिशत, वडा २ ले ८५.२६ प्रतिशत, वडा ३ ले ७८.९९ प्रतिशत, वडा ४ ले ९१.१२ प्रतिशत, वडा ५ ले ९०.३९ प्रतिशत, वडा ६ ले ७९ प्रतिशत, वडा ७ ले ७४.८४ प्रतिशत, वडा ८ ले ८२.३५ प्रतिशत, वडा ९ ले ६९.८८ प्रतिशत र वडा १०ले ९६.६१ प्रतिशत खर्च गरेको धितालले भने।कैलाशको क्षेत्रगत खर्च प्रगतिमा आर्थिक विकासतर्फ ७१.८८ प्रतिशत, समाजिक विकासतर्फ ८५.८५ प्रतिशत, पूर्वाधार विकासतर्फ ७५.७५ प्रतिशत, सूचना तथा अन्तरसम्बन्धित क्षेत्रमा ७९.४१ प्रतिशत, कार्यालय तथा प्रशासनिकतर्फ ७८.३४ प्रतिशत रहेको उनले बताए ।क्षेत्रगतको कूल रकममा ८१.३३ प्रतिशत खर्च भएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको समीक्षा कार्यक्रममा पालिकाका शाखागत प्रमुखहरुले आव ०८१\०८२मा भएका कामका प्रगति, समस्या र चुनौति प्रस्तुत गरिनुका साथै वडागत सचिवहरुले वडामा भएका राजश्व संकलन देखी व्यक्तिगत घटना दर्ता र योजनाको प्रगतिको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयकारी भूमिकाले आव २०८१\०८२ मा विभिन्न सूचकहरु पुरागर्दै जिल्लाकै उत्कृष्ट गाउँपालिका बन्न भएको बताए।आफ्नो लगनशीलता र अथक मेहेनतका साथ चालु आवमा पनि सहकार्य र समन्वय रहनको लागि उनले आग्रह गरेका छन् ।
गाउँसभाबाट निर्माण भएका कार्यक्रम र योजनालाई जेष्ठ महिनाभित्र नै सम्पन्न गर्न सम्बन्धित शाखालाई निर्देशन दिँदै अध्यक्ष मुक्तानले भने, समयमै काम सक्ने अठोट लिनुस् । कैलाशमा स्वास्थ्य र शिक्षाको पहुँच पुग्दै रहेको अवस्थामा गाउँपालिकाले थप योजनाका साथ अघि बढ्ने बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले कर्मचारीसाथीहरुको साथले गाउँपालिकाको विभिन्न क्षेत्रमा विकासले फड्को मार्दै आइरहेको अवस्था छ । आवश्यक साथ र समन्वयका साथ आगामी वर्षहरुमा पनि सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता जनाए । गाउँपालिकाले बजेट कार्यान्वयनमा जति प्रगति गरेको छ आगामी दिनहरुमा पनि अझै वृद्धिका साथ प्रगति गरिनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन,वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजा, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















