१७ भदौ,हेटौँडा। मुख्यमन्त्रीको सपथ लिएकै दिन आफूले पाउने तलब भत्ताले आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङको सुरक्षित आवास बनाउन २ लाख सहयोग गरेका छन् ।
कैलाशको विकट वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षका लालकुमार केही समयदेखी जीर्ण अवस्थामा रहेको घरमा बस्दै आइरहेका थिए ।
सीमान्तकृत त्यसमा पनि अति विपन्न अवस्थामा रहेका उनी जीर्ण घरलाई बनाउन नसक्दा सोही घरमा असुरक्षित महसुशका साथ बस्दै आइरहेका लालकुमारकाे खरको घर विस्थापित गरि मुख्यमन्त्री बानियाँको घर बनाउन २ लाखको चेक प्रदान गरेका हुन्।२०३२ सालमा जन्मिएका लालकुमारका कुनै सन्तान छैनन्, । उपचार गर्दा सन्तान नहुने भएपछि उनी श्रीमती सँगै बस्दै आइरहेका छन् । लालकुमारको २ कट्ठा नम्बरी र करिब ३/४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी गाउँमै कृषि पेशा गर्दै आइरहेका छन् ।
उनकी श्रीमती सानुमाया चेपाङ सानै उमेरमा हात जलेर अल्प अपाङ्गताको रुपमा रहेकी छिन् । खेतीसँगै घरमा बाख्रा, कुखुरा पाल्दै आएका उनीहरुलाई सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ समक्ष कैलाश गाउँपालिकाले सिफारिस पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र बुझाए लगत्तै लालकुमारको घर निर्माणको लागि मुख्यमन्त्री बानियाँले दुई लाख रकम प्रदान गरेका छन् । पालिका भित्र सीमान्तकृत समूदाय चेपाङ, जनजाति, अति विपन्नको संख्या धेरै छन् जस मध्ये लालकुमारलाई छनौट गरी घर निर्माणको लागि सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताएका छन्।
सन्तान पनि छैनन्, खरको छानो, काठपातले मात्र घेरिएको अवस्था देखियो, जीर्ण अवस्थामा रहेकोले पनि हामीले घर निर्माणका लागि सिफारिस गरेका हौं, अध्यक्ष मुक्तानले भने । सिफारिस पत्र बुझ्दै मुख्यमन्त्री बानियाँले घर निर्माणको लागि पहिलाे किस्ता स्वरुप दुई लाख सहयोग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका नागरिक गासवास र कपासबाट बन्चित हुन नपरोस् भन्ने हेतुले सुरक्षित आवासका लागि लालकुमारकाे घर निर्माण गरिने मुख्यमन्त्री बानियाँले बताए ।
पत्र पेश कार्यक्रममा कैलाश १ का वडाध्यक्ष तेज ब्लाेन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, वडा ७ का अध्यक्ष उदास कुमार भुलन, ८ का अध्यक्ष आशिष् प्रजा, ९ का अध्यक्ष भुवन सिं घलान, कैलाश गाउँपालिकाका नेपाली काङ्ग्रेस वडातहका सभापतिहरुकाे उपस्थिति रहेकाे थियो ।
यस अघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका वडा ९ निवासी मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका वडा नम्बर १ का सुमनसिं प्रजाको घर निर्माणका लागि आवश्यक सहयोग गरिसकेका छन् ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















