१० मंसिर हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा २८२ घरमा खानेपानीको धारा जडानका लागि त्रि पक्षीय सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको हस्ताक्षर कार्यक्रममा साझेदार संस्था वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक निजन श्रेष्ठ, गाउँपालिका अध्यक्ष मुक्तान र उपभोक्ता समितिका अध्यक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
साझेदार संस्था वाइन टु वाटर नेपालले गाउँपालिकाको विभिन्न वडामा चरणबद्ध सर्भे पश्चात पाँचवटा योजना छनौट गरेको थियो । सोही अनुरुप बुधबार त्रि(पक्षीय सम्झौता गरिएको हो । उक्त योजनामा गाउँपालिकाको २५ प्रतिशत योगदान रहन्छ भने संस्थाको ६५ प्रतिशत र उपभोक्ताको १० प्रतिशत योगदान रहने गरी सम्झौता गरिएको छ ।
गाउँपालिकाको वडा ६ को मराङसिंह आगेटार खानेपानी उपभोक्ता समितिमा ६४ घरधुरी, वडा ७ को कोथलिटार बस्ताल खानेपानी उपभोक्ता समिति अन्तरगत ६८ घरधुरी, वडा ८ को वाक्सिराङ माथिल्लो टोल खानेपानी उपभोक्ता समितिमा ५४ घर, वडा ९ को घैराङ खानेपानी उपभोक्ता समितिमा ७४ घर र वडा १० को थिङडाँडा खानेपानी उपभोक्ता समितिमा २२ घरधुरी सहित २८२ घरधुरीका एक हजार ७३२ जना लाभान्वित रहनेछन् । उक्त योजनाका लागि त्रि(पक्षीयको तीन करोड ६७ लाख २८ हजार ५५८ रुपैयाँ बजेट रहेको छ । जसमा गाउँपालिकाले ९१ लख ८२ हजार १३९ रुपैयाँ बजेट खर्च गर्नेछ ।
सम्झौता पश्चात अध्यक्ष मुक्तानले सम्झौता अनुरुप समिति र उपभोक्ताले दीगो हुने गरि काम गर्न आग्रह गरेका छन् । एक घर एक धारा अनुरुप वास परियोजना अन्तरगत गाउँपालिका र अन्य साझेदारी संस्थाहरुसँगको सहकार्यका काम गर्दै आइरहेको उनले बताए ।
कार्यक्रममा वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक श्रेष्ठले खानेपानीको क्षेत्रमा सन् २०१६ देखी काम गर्दै आइरहेको बताए । समृद्ध परियोजना अन्तरगत पाँच पालिका मध्ये कैलाशमा पनि हामीले योजना बनाई काम गर्न लागिएको उनले बताए । सुरक्षित खानेपानीले स्वास्थ्य र सरसफाइका साथै आयआर्जनमा सहयोग पुग्ने विश्वास रहेको श्रेष्ठ बताए । २० वर्ष सम्म सुरक्षित खानेपानी खुवाउने लक्ष्यका साथ योजना निर्माण गरिने जनाए । पानी र सरसफाईको बोध लिएर उपभोक्तानै जागरुक हुनुपर्ने बताउँदै निर्माण पछि योजनाहरुलाई संरक्षण गर्नु यहाँहरुकै दायित्व रहेको बताए ।
योजना अन्तरगत कोथलीटार बस्ताल क्षेत्रमा ५ वटा इन्टेक, २ वटा डिसी र ३ वटा आर।भि।टी निर्माण गरिने वास कन्सलटेन्ट बासुदेव पाण्डेयले बताए । उनका अनुसार थिङडाँडा क्षेत्रमा एक वटा इन्टेक, डीसी एक वटा र आरभिटी २ वटा, वाक्सिराङ माथिल्लो टोल क्षेत्रमा एक वटा इन्टेक, १ वटा डीसी र तीनवटा आरभिटी निर्माण गरिनेछ । त्यस्तै, घैराङ क्षेत्रमा एक इन्टेक र ३ आरभिटी, मराङसिंह आगेटार क्षेत्रमा एक इन्टेक,२ डिसी र तीन वटा आरभिटी निर्माण गरिने पाण्डेयले बताए । यी योजना मध्ये वडा ९ को एक विद्यालयमा पनि धारा निर्माण गरिने जनाइएको छ ।
क्जचभभ च्बm
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









